१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
रमेश सुनार कालिकोट
२o८१ जेठ २ बुधबार १५:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कालीकोटमा अब स्थानीय तहबाटै नुन वितरण, महावैले बिर्तामोडमा सुरु गर्‍यो डिपो

Read Time : < 1 मिनेट
रमेश सुनार, कालिकोट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:३६:oo

कालीकाेट सदरमुकाम मान्मदेखि टाढा रहेको महावै गाउँपालिकाले शुक्रबार पालिकाको बिर्तामोडमा नुनकाे डिपो राखेको छ। महावैका नागरिकको सहजताका लागि बिर्तामोडबाट अस्थायी रूपमा नुन वितरण गर्न सुरु गरिएको गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवालले बताए। 

पाँच केजी प्याकेटको नुन लिनका लागि सदरमुकाम मान्म धाउनु परिरहेको बाध्यता अन्त्यका लागि बिर्तामोडबाटै वितरण थालेको उपाध्यक्ष सेजुवालको भनाइ छ।

अब नुन खरिद गर्नका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए। उनले भने, ‘आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउने उद्देश्यले अस्थायी रूपमा नुन वितरणको व्यवस्थापन गरिएको छ। गाउँपालिका तथा साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय कालीकोटको समन्वयमा डिपो स्थापना गरी सेवा प्रवाह भइरहेको छ।’

नुन खरिद गर्न आएका स्थानीयले एक दिन लगाएर नुनका लागि मान्म जानुपर्ने बाध्यता हटेकोमा खुसी व्यक्त गरेका छन्। अब धेरै नागरिकलाई जिल्ला सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हटेको स्थानीय पंख थापाले बताए।

केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले प्रत्येक पालिकामा एक सय ७५ क्विन्टल नुन दिने र पालिकाले नै वितरण गर्ने सहमति गरेको थियो। सोहीअनुसार महावै गाउँपालिकाले नुन लगेर वितरण सुरु गरेको साल्ट ट्रेडिङ कर्पोरेसन कालीकोट शाखाका प्रमुख डम्मरबहादुर बुढाले बताए। अन्य पालिकाले पनि निवेदन दिएका र क्रमशः नुन लैजाने तयारी भएको उनको भनाइ छ।

पालिका प्रमुखहरूसँगको बैठकमा  नुन लिन चाहने पालिकाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए। उनका अनुसार हालसम्म नरहरिनाथ, महावै, शुभकालिका र सान्नी त्रिवेणी गाउँपालिकाले निवेदन दिएका छन्। पलाँता गाउँपालिकाले पनि पालिकामै नुन दिन प्रक्रिया सुरु गरेको प्रजिअ नेपालीले बताए।

ad
ad