मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १९ मंगलबार
  • Tuesday, 05 December, 2023
२०८० कार्तिक २१ मंगलबार २०:३१:००
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

राष्ट्रिय विभूति फाल्गुनन्दको जीवनी विमोचन

Read Time : < 1 मिनेट
२०८० कार्तिक २१ मंगलबार २०:३१:००

राष्ट्रिय विभूति तथा किरात धर्म महागुरु फाल्गुनन्दको जीवनीमा आधारित पुस्तक ‘निस्सेहाङ्मा राष्ट्रिय विभूति महागुरु फल्गुनन्दज्यूको जीवनी’ विमोचन भएको छ।

फाल्गुनन्दको तपस्यास्थल पाँचथरको फिदिमस्थित लब्रेकुटीमा सोमबार पुस्तक विमोचन गरिएको हो। उक्त पुस्तक संकलकद्वय रमेश तुम्बापो र मनकुमार फेजोङले लेखेका हुन्। 

उक्त पुस्तक किराँत प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिचन्द्र लावतीेले विमोचन गरे। उक्त पुस्तकमाथि पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मी ढुंगाना, सहायक प्राध्यापक मधुराज केरुङ र अध्येता अबोध आङ्बुहाङले पुस्तकमाथि चर्चा गरेका थिए ।

पुस्तकमाथि चर्चा गर्दै समीक्षक लक्ष्मी ढुंगानाले महागुरु फाल्गुनन्दका भविष्यवाणी अहिले सान्दर्भिक रहेको बताए। उनले फाल्गुनन्दका दर्शनलाई विश्वमा पुर्‍याउनुपर्ने बताए। अर्का समीक्षक केरुङले पुस्तकमा सबै कुरा समेटिएको बताए। 

जसका कारण महागुरुलाई बुझ्न सहज हुने उनको भनाइ थियो। यद्यपि, पुस्तकमा व्याकरणीय त्रुटि रहेको उनको भनाइ छ। अर्का समीक्षक आङ्बुहाङले महागुरु फाल्गुनन्दलाई बुझ्न यो एउटै पुस्तक पर्याप्त भएको बताए। प्राथमिक स्रोतमा आधारित रहेर प्रकाशन गरिएकाले पुस्तकमा धेरै तथ्यहरू आएको बताए।

पुस्तकको टिप्पणी गर्दै वक्ताहरूले खोजपूर्ण पुस्तकमा महागुरुबारे प्राथमिक स्रोतका आधारमा महत्त्वपूर्ण जानकारी र तथ्यांक समावेश भएको बताएका थिए। फाल्गुनन्दको सैन्य जीवनबारे पुस्तकमा उजागर हुन नसक्नु खड्किएको पक्ष रहेको उनीहरूको भनाइ थियो।

तुम्बापो सेवा समाजका अध्यक्ष धनराज तुम्बापोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले महागुरुका दर्शन जीवनयापनमा सान्दर्भिक रहेको बताएका थिए।