१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चीनले जाजरकोट भूकम्पपीडितलाई थप २६ करोड सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१४:oo

चीन सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई थप एक करोड ५० लाख आरएमबी (२६ करोड रुपैयाँ) सहयोग गर्ने भएको छ।

आपतकालीन मानवीय सहायतास्वरूप सो रकम उपलब्ध गराउने निर्णय गरेको चिनियाँ राजदूत चेन सोंगले ट्विटरमार्फत जानकारी गराएका छन्।

उनका अनुसार चीनको रेडक्रस सोसाइटीले पनि नेपाललाई आपतकालीन नगद सहयोगस्वरूप एक लाख अमेरिकी डलर (एक करोड ३३ लाख रुपैयाँ) सहयोग गर्ने भएको छ। चीनले यसअघि घोषणा गरेको १० करोड नेपाली रुपैयाँबराबरको राहत सामग्री नेपाल आइसकेको छ।