मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o कार्तिक २१ मंगलबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक २१ मंगलबार १५:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्पपीडितलाई माओवादी उपत्यका प्रदेशले पठायो राहत  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक २१ मंगलबार १५:३३:oo

नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि राहत पठाएको छ। 

प्रदेश इन्चार्ज वर्षमान पुन अनन्तले गोंगबु नयाँबसपार्क पुगेर सोमबार भूकम्प प्रभावित क्षेत्रका लागि राहत पठाएका हुन्।

चार सय थान कम्बलसहित चाउचाउ र खाद्यान्न पठाइएको सो माओवादीसम्बद्ध मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्षसमेत रहेका प्रदेश अध्यक्ष जगत सिंखडाले बताए। यस्तै सिरक, त्रिपाल र म्याट चार–चार सय थान तथा चार सय क्विन्टल चामलसमेत पठाउन लागिएको पुनले जानकारी दिए। 

बुधबार वा बिहीबारसम्म राहत सामग्री प्रभावितका जिल्ला दैवी प्रकोप उद्धार समितिसमक्ष पुग्ने गरी व्यवस्था मिलाइएको उनको भनाइ थियो। उनले प्रभावितहरू नियमित जीवनमा नफर्किँदासम्म पार्टी र सरकारका तर्फबाट राहत संकलन र वितरण जारी राखिने जानकारी दिए। 

जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोटमा एक सय ४ र रुकुमपश्चिममा ५३ गरी एक सय ५७ जनाले ज्यान गुमाएका छन्। 

दुई सयभन्दा बढी घाइतेको जाजरकोट, रुकुमपश्चिम, सुर्खेत, बाँके र काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी छ। भूकम्पका कारण झन्डै आठ हजार घर बस्नै नमिल्ने गरी भत्किएका छन्।