१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० कार्तिक १९ आइतबार १७:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विपतकाे सूचनामा संवेदनशील बन्न काउन्सिलको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० कार्तिक १९ आइतबार १७:२१:००

प्रेस काउन्सिल नेपालले प्राकृतिक विपतका समयमा गरिने सूचना सम्प्रेषण संवेदनशील प्रकृतिको हुने भएकाले गलत सूचना र सन्देश प्रवाह नगर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।

युट्युबलगायत सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यमबाट जाजरकोट भूकम्पका बीभत्स दृश्य तथा तस्बिरसहितका सन्देश पुष्टि नगरीकन प्रवाह भएको पाइएकाले काउन्सिलले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।  

काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहाेराद्वारा जारी विज्ञप्तिमा ‘को पहिला हुने’ भन्ने होडबाजीमा आधिकारिक तथ्य पुष्टि नगरीकन मानवीय संवेदनामा खलल पुग्ने र विपत्ति वा शोकमा परेका व्यक्ति र आफन्तजनमा थप पीडा पुग्ने गरी मृतक तथा घाइतेको बीभत्स दृश्य र तस्बिर सम्प्रेषण नगर्न, नगराउन भनिएको छ। 

‘मृतक एवं घाइतेको विवरण प्रस्तुत गर्दा संवेदनशील भई गोपनीयताको सम्मान गर्न आमसञ्चारमाध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, युट्युबलगायत सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा प्रेस काउन्सिल नेपाल हार्दिक आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ। 

शुक्रबार राति ११ः४७ बजे जाजरकोट रामीडाँडा आसपास केन्द्रबिन्दु बनाएर गएको ६.४ म्यागनिच्युडको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति काउन्सिलले दुःख व्यक्त पनि गरेको छ।