१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० भदौ १९ मंगलबार ०८:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सञ्जालका सबै विषय समाचार होइनन् : काउन्सिल अध्यक्ष बस्नेत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० भदौ १९ मंगलबार ०८:२४:००

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै सञ्चारमाध्यमको प्रस्तुति र भूमिकालाई परिष्कृत गर्न जरुरी भएकाले यसतर्फ ध्यान दिन सञ्चारमाध्यमलाई सुझाव दिएका छन् ।  व्यक्तिले प्रयोग गर्ने सञ्जालमा राखिएका सामग्रीले भ्रम छर्दै गएकोतर्फ सञ्चारमाध्यम सजग बन्दै विश्वसनीय पत्रकारिता गर्नुपर्ने उनको  भनाइ छ। 

‘कोही पनि भ्रममा नपरौँ । सामाजिक सञ्जालमा पस्किएका सबै विषय समाचार होइनन् । तर, त्यस्ता विषयवस्तुले जनमानसलाई झुक्याइरहेका छन् । सञ्चारमाध्यमले आफ्ना तथ्यपूर्ण र विश्वसनीय प्रस्तुतिबाट यस्ता भ्रम हटाउन सक्नुपर्छ,’ अध्यक्ष बस्नेतले सोमबार नयाँ खुलेका अनलाइन सञ्चारमाध्यमका सम्पादक, प्रकाशकलाई काउन्सिलमा दिइएको अभिमुखीकरणका क्रममा भने । 

उनले आधारहीन विषयवस्तु र हुबहु चोरी गरी समाचार बनाउने कतिपय अनलाइनले पत्रकारिता जगतमै हिलो छ्यापेकाले तिनलाई काउन्सिलले कारबाही गर्दै आएको जानकारीसमेत दिए ।

अभिमुखीकरणका सहभागीलाई पत्रकार आचारसंहिता र सञ्चार निर्देशिकाहरूमा केन्द्रित रही प्रस्तुति राखिएको थियो । डिजिटल मिडियाले ल्याएको चुनौती र सञ्चारमाध्यमले ध्यान पुर्‍याउनुपर्ने विषयबारे काउन्सिलका पूर्वकार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी र नेपाल टेलिभिजनका समाचार प्रमुख पुष्पहरि क्याम्पा राईले प्रकाश पारेका थिए । कार्यक्रममा विभिन्न ३२ सञ्चारमाध्यमका सञ्चालक र सम्पादकको सहभागिता थियो ।