१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० भदौ १ शुक्रबार २०:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकारिता कमजोर हुँदा सरकार हावी हुन्छ : काउन्सिल अध्यक्ष बस्नेत

Read Time : < 1 मिनेट
२०८० भदौ १ शुक्रबार २०:१४:००

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता कमजोर हुँदा सरकार हावी हुने बताएका छन् । 

प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले शुक्रबार बुटवलमा गरेको प्रदेशस्तरीय मिडिया सम्मेलनमा बोल्दै काउन्सिल अध्यक्ष बस्नेतले क्रियाशील पत्रकारले मात्रै पत्रकारिता बचाउन सक्ने बताए । उनले सञ्चार क्षेत्र आफैँमा सशक्त हुनुपर्ने भन्दै सरकारसँग धेरै आशा गर्न नहुने धारणा राखे । 

व्यावसायिक कर्मबाट मात्रै पत्रकारिताको सबलीकरण सम्भव भएको भन्दै उनले पत्रकारिताको शुद्धीकरणका लागि लेख्ने र नलेख्ने पत्रकार मात्रै चिने हुने बताए । 

नयाँ–नयाँ प्रविधिको विकासले पत्रकारितामा चुनौती थपेको भन्दै उनले आगामी दिनमा पत्रकारिता बाँचिरहने, तर स्वरूप कस्तो हुने भन्ने अहिले नै यकिन गर्न नसकिने बताए । उनले एउटै व्यक्ति प्रकाशक र सम्पादक रहेका सञ्चारमाध्यममा  व्यवस्थापकीय कमजोरी देखिने गरेको अनुभव पनि सुनाए ।