१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:१o:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

भूकम्प प्रभावितको सहयोगका लागि गण्डकी सरकारले एक करोड दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१o:oo

जाजरकोट र रुकुम पश्चिमा भूकम्पका कारण प्रभावितहरूको सहयोगका लागि गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँ दिने भएको छ। 

आइतबार बसेको प्रदेश सरकारको आकस्मिक मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितको खोज, उद्धार तथा राहत प्रयोजनका लागि एक करोड सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए। सहयोग रकम कर्णाली प्रदेश सरकारलाई उपलब्ध गराइनेछ।

‘भूकम्पले कर्णाली प्रदेशमा ठूलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपत् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले एक करोड दिने निर्णय गरेका हौँ,’ मुख्यमन्त्री पाण्डेले भने।

प्रदेश सरकारले भूकम्प प्रभावितहरूको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर विकास गौचनको नेतृत्वमा विशेषज्ञ चिकित्सकसहितको टोली शनिबार त्यसतर्फ पठाएको मुख्यमन्त्री पाण्डेले बताए। प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउने उद्देश्यले स्वास्थ्य सामग्रीसहितको टोली पठाएको मुख्मन्त्रीको भनाइ छ।

विपतकाे यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न विभिन्न संघसंस्था तथा नागरिक समाजलगायत सम्बन्धित सबैलाई गण्डकी प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्रीले अपिलसमेत गरेका छन्। गण्डकी प्रदेशको तर्फबाट भूकम्प प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुनर्निर्माणलगायतका कार्यमा कर्णाली प्रदेश सरकारसँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रयास निरन्तर रहने मुख्यमन्त्रीले बताएका छन्।