१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o९:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल र दक्षिण कोरियाले कृषि क्षेत्रमा सहकार्य गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:२३:oo

नेपाल र दक्षिण कोरियाबीच कृषि क्षेत्रमा सहकार्य गर्न द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । कृषि विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा कृषिमन्त्री डा. बेदुराम भुसाल र दक्षिण कोरियाका कृषि खाद्य तथा ग्रामीण सुरक्षामन्त्री चुङ्‍ग हवानक्वुनबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा कोरियाबाट रेशम खेती प्रवद्र्धन, दुग्ध क्षेत्र विकास र तरकारीको मूल्य शृंखलाको विकासमा भएको सहयोगबाट नेपालले ठूलो लाभ लिएको तथा उन्नत आलुको बिउ उत्पादन र हाइब्रिड धान उत्पादन प्रविधिमा सहकार्य गर्ने कार्य प्रक्रिया अघि बढाइएको उल्लेख छ । त्यस्तै, कृषि तथा पशुपक्षी विकासको क्षेत्रमा विषेश गरी संरक्षित कृषि, उच्च मूल्य जाने कृषिउपजको उत्पादन, प्रशोधन र बजारीकरण, दुग्ध व्यवसायलगायतका क्षेत्रमा थप कार्य गर्न सकिने जनाएको छ ।

नेपालमा विशेष गरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको सम्भावना भएकाले कोरियाको विशेषज्ञता तथा सहयोग यस क्षेत्रको विकासका लागि महत्वपूर्ण रहेको कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले बताए । 

कृषि क्षेत्रसँग सम्बन्धित प्राविधिक मानव संसाधन, युवा कृषकहरू तथा निजी क्षेत्रमा कृषि उद्यमीहरूको क्षमता अभिवृद्धि गर्न सकिने, नेपाली कृषि स्नातक विद्यार्थी तथा युवा कृषकका लागि सिक्ने र कमाउने अवसरका लागि कोरिया राम्रो गन्तव्य हुन सक्ने उनको भनाइ छ । कोरियाले गत वर्ष मात्रै नेपाललाई उच्च प्रजनन मानकका एक सय एक गाईहरू सहयोगस्वरूप उपलब्ध गराएको थियो ।  

ad
ad