१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

भूकम्प प्रभावितको उद्धारमा हुने हवाई इन्धनको सबै खर्च आयल निगमले व्यहोर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४३:oo

रुकुमपश्चिम र जाजरकोटमा भूकम्प प्रभावितको उद्धार कार्यमा खर्च हुने हवाई इन्धनको सबै खर्च नेपाल आयल निगमले व्यहोर्ने भएको छ।

भूकम्प प्रभावितको उद्धारका लागि खटिएको नेपाल एयरलायन्सको ट्विनअटर र नेपाली सेनाको हेलिकोप्टर उडानमा लाग्ने इन्धनको खर्च निगमले व्यहोर्ने निर्णय भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

उनका अनुसार शनिबार बिहानैदेखि उद्धारका लागि भएको उडानको सम्पूर्ण इन्धन खर्च निगमले नै व्यहोर्नेछ। ‘रुकुमपश्चिम र जाजरकोटमा उडान भर्नका लागि चौरजहारी र सल्लेमा एयरपोर्ट छ। यहाँ ट्विनअटर मात्रै जान सक्ने हुँदा नेपाल एयरलायन्सको ट्विनअटरका लागि निःशुल्क इन्धन उपलब्ध गराउने भएका हौँ,’ उनले भने, ‘उद्धारका लागि होलिकोप्टर जहाँ पनि जान सक्छ, त्यसको सबै खर्च निगमले व्यहोर्छ।’

हवाई भाडामा सबैभन्दा धेरै खर्च इन्धनमा हुन्छ। हवाई भाडाको करिब ६० प्रतिशत खर्च इन्धनमा हुने भएकाले निगमको निर्णयले उद्धार कार्यमा सहजता हुनेछ।