१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १३:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्पका घाइतेलाई केएमसीले निःशुल्क उपचार गर्ने

स्वास्थ्य सामग्रीसहित चिकित्सक टोली पठाउन तयार

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १३:४६:oo

जाजरकोट र रुकुमपश्चिम भूकम्पका घाइतेलाई काठमाडौं मेडिकल कलेजले निःशुल्क उपचार गर्ने उक्त अस्पतालका सल्लाहकारसमेत रहेका संघीय सांसद सुनील शर्माले बताएका छन्।

केएमसीकी कार्यकारी अध्यक्ष तथा मोरङ ३ नम्बर क्षेत्रबाट निर्वाचित सांसद शर्माकी छोरी सोइना शर्माले स्वास्थ्य उपचार सामग्रीसहितको चिकित्सक टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउन आफ्नो अस्पताल तयार रहेको विज्ञप्तिमार्फत बताएकी छिन्।

‘भूकम्पबाट घाइते भएका बिरामीहरूलाई अस्पतालमा निःशुल्क उपचार गर्ने र स्वास्थ्य मन्त्रालयसँगको समन्वमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार सामग्रीसहित स्वास्थ्य टोली पठाउन आफूहरू तयार रहेको जानकारी गराउँछौँ,’ विज्ञप्तिमा भनिएको छ।

जाजरकोटको रामेडाँडा केन्द्रविन्दु बनाएर गए राति ११ः४७ बजे गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा कम्तीमा १२८ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन्।

निजी क्षेत्रबाट सञ्चालन भए पनि आपतविपतका वेला सबैले सकेको सहयोग गर्नुपर्छ भनेर केएमसीले घाइतेहरूलाई निःशुल्क उपचार गर्न तत्पर भएको सांसद शर्माले बताएका छन्।