१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १७ शुक्रबार
  • Sunday, 11 May, 2025
गणेश लम्साल विराटनगर
२o८o कार्तिक १७ शुक्रबार २o:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोशीमा एमालेको चर्काे दबाबबीच गठबन्धनबाट दुई मन्त्री नियुक्त  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o कार्तिक १७ शुक्रबार २o:२८:oo

कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीले गठबन्धनबाट दुई मन्त्री नियुक्त गरेर सरकार विस्तार गरेका छन्।

एमालेले चर्को दबाब दिए पनि मुख्यमन्त्री कार्कीले अन्ततः गठबन्धनबाट शुक्रबार माओवादीका एक र एकीकृत समाजवादीका एक गरी दुई मन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रका सांसद गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई विनाविभागीय मन्त्री नियुक्त गरे। 

अब मुख्यमन्त्री कार्कीको सरकार पाँच सदस्यीय पुगेको छ। यसअघि उनले एमालेका राम राना र कांग्रेसका शमशेर राईलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए।  

मुख्यमन्त्री कार्कीलाई एमालेले आफ्नो पार्टी र कांग्रेसको मात्र सरकार विस्तार हुनुपर्ने अडान लिँदै आएको थियो। तर, चर्को दबाबमा परेका मुख्यमन्त्री कार्कीले एमालेको दबाबलाई बेवास्ता गर्दै शुक्रबार गठबन्धनका दुई दलबाट मन्त्री नियुक्त गरेका हुन्। 

दुवै मन्त्रीले शुक्रबार नाै प्रदेश प्रमुख परशुराम खापुङबाट शपथग्रहण गरिसकेका छन्। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले  विश्वासको मत पाइसकेका छन्। २७ असोजमा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।