१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:३१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश राजधानीको पर्यटकीय गन्तव्य देवीकोट 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३१:oo

लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीको शिरमा छ देवीकोट। त्यहाँ रहेको देवीकोट मन्दिर, देखिने सेताम्मे हिमाल र तराईका फाँटले छुट्टै आनन्द दिन्छ। 

धार्मिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले उत्तम ठाउँका रूपमा लिइएको देवीकोट देउखुरी उपत्यकाबाट आठ किलोमिटर मात्रै उकालो चढ्नुपर्छ। त्यसपछि देवीकोटको पहाडी हावापानीको आनन्द लिन सकिन्छ। 

देउखुरीमा स्थायी राजधानी भएपछि देवीकोटलाई नै पर्यटनको गन्तव्यका रूपमा लिन सकिने लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले बताए। ‘देउखुरी क्षेत्रमा राजधानी आएपछि १२ वटै जिल्लाको केन्द्र भयो, अब यहाँ आउने हरेकलाई रमणीय ठाउँ चाहिन्छ,’ उनले भने, ‘त्यो ठाउँ देवीकोट हो।’

स्थायी राजधानी देउखुरीको मौरीघाटबाट जान कच्ची सडक छ। तर, त्यहाँ पुगेपछि देवीकोट मन्दिरको दर्शन गर्न सकिन्छ। ऐतिहासिक भए पनि त्यो मन्दिरको भौतिक संरचना भने पर्याप्त मात्रामा निर्माण गर्न सकिएको छैन। मन्दिरको पर्खाल भत्किएको छ। सोही ठाउँमा सतिदेवीको बायाँ घुँडा पतन भएको किंवदन्ती छ। तैपनि त्यहाँ आवश्यक संरचना तयार नहुँदा भक्तजनहरूको त्यति धेरै आकर्षण छैन। 

सोही ठाउँमा मन्दिरका अन्य संरचना निर्माण तथा मन्दिर निर्माणस्थलको जमिन जोगाउनतर्फ ध्यान दिनुपर्ने पालिका अध्यक्ष प्रकाश विष्टले बताए। ‘मन्दिर निर्माणस्थलमा पनि पहिरो गएको छ, अन्य संरचना पनि निर्माण भएका छैनन्,’ उनले भने, ‘यसमा संघ र प्रदेश सरकारले चासो दिनुपर्छ।’  

त्यहाँ विद्युतको पोल र तार जडान गरिएको छ, तर, विद्युत् अझै बल्न सकेको अवस्था छैन। कच्ची सडक छ, तर सहज यातायात छैन। खानेपानीको पनि समस्या छ। यी सबै समस्या समाधान भएमा प्रदेशको पर्यटनको एउटा गन्तव्य बन्न सक्ने अध्यक्ष विष्टको भनाइ छ। 

प्रदेश राजधानीदेखि नजिकै भएकाले जोकोही पनि सोही ठाउँमा गएर दर्शन गर्न सक्ने उनको भनाइ छ। त्यहाँबाट सिस्ने हिमाललगायत अन्य हिमशृंखलाहरू पनि देखिने, पहाडहरूको अवलोकन गर्न पनि पाइने र भारतका केही भू–भाग पनि देख्न सकिन्छ। 

त्यहाँ स्थानीय ढिँडो, रोटी, स्थानीय जातका कुखुरा, खसीलगायतका खानेकुराहरू पनि पाइन्छन्। त्यसले गर्दा होमस्टेको पनि राम्रो सम्भावना भएको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए। 

प्रदेश राजधानी भएको क्षेत्रबाट स्वर्गद्वारीसमेत जोडिने सडक हुँदै जाने भएकाले पनि यसको सम्भावना रहेको उनको भनाइ छ। ‘प्रदेश राजधानी भएको ठाउँबाट देवीकोट हुँदै प्युठान स्वर्गद्वारीसमेत जान सकिने गरी सडकको काम अघि बढेको छ,’ उनले भने, ‘त्यसो भएमा प्रदेश राजधानीलाई पर्यटनसँग जोड्न पनि सहज हुन्छ।’

उनले राजधानी क्षेत्रका चुरेपहाडहरूलाई ‘हिलसाइड’का रूपमा विकास गरिनेसमेत बताए। साथै देवीकोटमा प्यागोडाशैलीको मन्दिर निर्माण गर्न सकिने उनले बताए। मन्त्री मास्कीले बहुवर्षीय योजनामा हालेर सोही मन्दिरको व्यवस्थापन गर्ने बताए।  

प्याराग्लाइडिङ निर्माणमा निजी क्षेत्र आकर्षित 

देवीकोटमा प्याराग्लाइडिङ निर्माण गर्नतर्फ पनि निजी क्षेत्रले चासो देखाएका छन्। प्रदेश सभामुख घर्तीका अनुसार केही दिन अघि सोही स्थानमा अध्ययन अवलोकनका लागि आएर फर्किएका छन्। 

यदि प्याराग्लाइडिङ निर्माण भएमा आम्दानीका स्रोतहरू पनि बढ्नुका साथै स्वरोजगार सिर्जना हुने उनले बताए। ‘केही दिन अघि मात्रै यहाँ प्याराग्लाइडिङको टोली अध्ययनका लागि आएको थियो, मैले देवीकोटमा अध्ययन गर्न भनेको हुँ,’ उनले भने। देवीकोटमा होमस्टेको अवधारणा अगाडि बढ्नुपर्ने उनकाे भनाइ छ।