मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १५ बुधबार
  • Monday, 20 January, 2025
२o८o कार्तिक १५ बुधबार ११:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सौराज ट्रक दुर्घटना हुँदा एक गम्भीर घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १५ बुधबार ११:३६:oo

खनियावास गाउँपालिका- २ झार्लाङमा सौराज मिनिट्रक दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएको छ।

जिल्लाको सदरमुकाम धादिङबेँसीबाट खाद्यान्न सामाग्री लिएर उत्तरी धादिङ झार्लाङ जाँदै गरेको बा.४ख  ३१७५ नम्बरको सौराज मिनिट्रक दुर्घटना हुँदा सहचालक झार्लाङका २५ वर्षीय रामबहादुर तामाङ गम्भीर घाइते बनेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

ट्रकको टायर फुत्केर सडकभन्दा करिब ७० मिटर तल खसेको हो। दुर्घटनामा परेका तामाङको शरीरको विभिन्न भागमा चोटपटक लागेको छ। घाइते तामाङको झार्लाङ  स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

ट्रकका चालक  नीलकण्ठ नगरपालिका- १२ का सुमन श्रेष्ठ सकुशल रहेको एसपी मिश्रले जानकारी दिए।