१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
सिंगापुरविरुद्ध अर्धशतकीय इनिङ्स खेलेपछि नेपालका ओपनर कुशल भुर्तेल । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o६:३३:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आइसिसी टी–२० विश्वकप छनोट : नेपालको सानदार सुरुवात

कुशल भुर्तेलले ४८ बलमा आठ चौका र दुई छक्का प्रहार गरेपछि नेपालले आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हरायो

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:३३:oo

कुशल भुर्तेलको सानदार अर्धशतकको सहयोगमा नेपालले आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटमा सिंगापुरमाथि ८ विकेटको जित निकालेको छ । कीर्तिपुरमा सोमबार भएको खेलमा नेपाल ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा अब्बल देखियो ।

त्रिभुवन विशविद्यालयको मैदानमा एक सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा केवल दुई विकेट गुमाएर जित निकालेको थियो । पहिलो ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा नौ विकेट गुमाएको थियो । नेपालले इनिङ्स सकिन २१ बलअघि नै जित निकाल्यो । ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए । खेलका म्यान अफ दी म्याच चुनिएका ओपनर भुर्तेलले ७४ रन बनाए । 

उनले ४८ बलमा आठ चौका र दुई छक्का प्रहार गरेका थिए । आसिफले २६ बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए । दुवै ओपनरले पहिलो विकेटका लागि ९.१ ओभरमा ८४ रनको साझेदारी गर्दै नेपालको जित आधार तयार पारे । कप्तान रोहितकुमार पौडेलले नटआउट रही २४ बलमा समान दुई चौका र छक्का प्रहार गरी ३५ रन बनाए । जितसँगै नेपालले समूह ‘ए’मा दुई अंक जोेडेको छ । सिंगापुरले हारबाट प्रतियोगिता सुरु गर्‍यो । अब नेपालले आज मलेसियासँग खेल्नेछ । समूहको अन्तिम खेल १६ कात्तिकमा ओमानसँग हुनेछ । म्यान अफ दी म्याच भुर्तेलले सहज जित निकाल्दा खुसी जनाए । 

‘सहज जित निस्कियो, खेलबाट निकै खुसी छु, यसमा पनि मैले अर्धशतक बनाउन सकेँ,’ आक्रामक ब्याटिङ गरेका भुर्तेलले खेलपछि भने, ‘मलेसियाविरुद्ध पनि यही उत्साहका साथ खेल्नेछौँ, हाम्रो लक्ष्य विश्वकप छनोट हुने हो, प्रत्येक खेल राम्रो खेल्नुपर्छ ।’ नेपालको जितमा महत्वपूर्ण योगदान गरेका भुर्तेलले अन्तर्राष्ट्रिय टी–२० करिअरकै सातौँ अर्धशतकीय इनिङ्स खेल्न सफल भए । गत साता त्रिकोणात्मक टी–२० सिरिजको युएईविरुद्ध पनि उनले अर्धशतकीय इनिङ्स खेलेका थिए । नेपालको जितका लागि चार रन चाहिएको समय उनी छक्का प्रहार गर्ने क्रममा लङअफमा क्याच आउट भए । 

नेपालको जितमा कुशल मल्लले विजयी छक्का प्रहार गरेका थिए । सिंगापुरका अनन्था कृष्णा र अक्ष्य पुरीले समान एक विकेट लिए । आइसिसी टी–२० विश्वकप छनोटमा नेपालसहित कुल आठ टिम सहभागी छन्  । दुई समूहमा चार–चार टोली रहेका छन् । समूह ‘ए’का सबै खेल त्रिवि मैदानमा हुनेछन् । यो समूहमा आयोजक नेपालसहित सिंगापुर, मलेसिया र ओमान छन् । समूह ‘बी’का सबै खेलसहित सेमिफाइनल मूलपानी माथिल्लो मैदानमा हुनेछ । प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनल स्थान बनाउनेछन् । फाइनल पुग्ने दुई टोलीले टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

दीपेन्द्रसिंह ऐरी घाइते 
अभ्यासका क्रममा घाइते भएका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले जारी प्रतियोगिता खेल्ने वा नखेल्ने निश्चित भएको छैन । नेपाल क्रिकेट संघ (क्यान) ले उनको स्थानमा विवेक यादवलाई खेलाएको थियो । क्यानले ऐरीको सम्बन्धमा आधिकारिक धारणा राखेको छैन । दीपेन्द्र उपचारपछि बैसाखीको सहायताले मैदान फर्किएका थिए । नेपाली टोलीमा उनी ब्याटिङ, बलिङ र फिल्डिङमा विश्वासिला खेलाडीका रूपमा रहेका छन् । दीपेन्द्रसिंहले पछिल्लो समयमा टी–२० मा नेपालका लागि उत्कृष्ट योगदान दिँदै आइरहेका छन् । गत साता भएको त्रिकोणात्मक सिरिजमा युएई र हङकङविरुद्ध उत्कृष्ट खेल देखाएका थिए । 

युएईले बहराइनलाई हरायो 
छनोट प्रतियोगिताअन्तर्गत मूलपानी मैदानमा भएको खेलमा युएईले बहराइनलाई पाँच विकेटले हराएको छ । बहराइनले दिएको एक सय ३६ रनको लक्ष्य युएईले १८.२ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टाएको हो । जितसँगै युएईले प्रतियोगितामा दुई अंक जोडेको छ । युएईका अली नासिरले सर्वाधिक ४८ रन बनाए । उनले २६ बलमा चार चौका र तीन छक्का प्रहार गरे । आशिफ खानले २३ रन, कप्तान मोहम्मद वसिमले ११ रन र बसिल अहमदले ११ रन जोडेका थिए । टस हारेर पहिला ब्याटिङ गरेको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३५ रनको योगफल बनाएको थियो । बहराइनका लागि हैदर बुट्टले सर्वाधिक ५९ रन बनाए । उनले ४३ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । सोहिल अहम्मदले २८ र जुनेद अजिजले २५ रन बनाए । युएईका जुनेद सिद्दिगी र आयान अफजल खानले समान दुई विकेट लिएका थिए । 

हङकङको रोमाञ्चक जित
मूलपानी मैदानमा समूह ‘बी’अन्तर्गत भएको खेलमा हङकङले कुवेतमाथि १६ रनको रोमाञ्चक जित निकालेको छ । पहिलो ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६६ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा कुवेतले २० ओभरमा आठ विकेटको नोक्सानीमा एक सय ५० रन जोडेको थियो । हङकङका लागि मार्टिन कोएटेजले ४८ बलमा ८१ रनको योगदान दिएका थिए । बाबर हयातले २७ बलमा ३१ रन बनाए । कुवेतको ब्याटिङमा मोहमद अस्लामले ३९ बलमा ५२ रन बनाए । विलालले २६ बलमा ३६ रन जोडे । हङकङका बलर अजिजा खानले ३० रन खर्चेर चार विकेट लिए । 

ओमानसँग मलेसिया पराजित
यसैगरी, समूह ‘ए’को खेलमा उपाधि दाबेदार ओमानले मलेसियामाथि ३२ रनको जित निकालेको छ । त्रिवि मैदानमा पहिलो ब्याटिङ गरेको ओमानले २० ओभरमा ६ विकेटको नोक्सानीमा एक सय ५३ रन बनाएको थियो । प्रत्युत्तरमा मलेसियाले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २१ रन बनायो । ओमानका लागि सिजहान मक्सुदले ३६ बलमा ५६ रनको नटआउट इनिङ्स खेले । मलेसियाका अनुभवी खेलाडी भिरन्दिप सिंहले सर्वाधिक ५७ रन बटुलेका थिए । 

ad
ad