१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:४o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जुम्लाको स्याउ झापामा बिक्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४o:oo

झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा रु. ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ।

संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताए। 

किसानबाट किनिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाइने गरेको उनको भनाइ छ।

उनका अनुसार विगत वर्षमा पनि संस्थाले आफ्ना सदस्य किसानको खसीबोका किनेर चाडपर्वका वेला खुला बजारमा बिक्री गर्दै आएको थियो। यसपालि पहिलोपल्ट इलामबाट संकलित खसीबोका काठमाडौंसम्म लगेर बिक्री गरिएको थियो।

संस्थाको कृषि क्षेत्रका प्रमुख डा. कमलेश्वर भाटले यसपालिको दसैँमा औसत ३० केजीका चार सयवटा खसीबोका बिक्री भएको जानकारी दिए। ती खसीबोका जिउँदै तौलिएर खोरबाटै नगदमा किनिदिँदा किसान चाडका वेला लाभान्वित भएका थिए।

झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर र पाँचथर जिल्लामा ती खसीबोका बिक्री गरिएका थिए। खसीबोका जिउँदै तौलिएर प्रतिकेजी रु. पाँच सय ८० मा बिक्री गरिएको उनले जानकारी दिए।

‘हामी कृषकलाई व्यावसायिक बाख्रापालनमा प्रोत्साहित गर्न ऋणसँगै निःशुल्क तालिम, प्राविधिक सहयोग र बिमा प्रदान गरिदिन्छौँ,’ उनले भने, ‘किसानले उत्पादन गरेका खसीबोका बजारीकरणमा पनि प्रत्यक्ष रूपमा सघाउँछौँ। उनीहरूका खसीबोका किनेर बिक्री गरिदिन्छौँ।’

संस्थाले ६ जिल्लामा चार सयको संख्यामा फ्रेस हाउसमा लगानी गरेको र ती फ्रेस हाउसले पनि किसानका खसीबोका अरू वेला किन्ने व्यवस्था मिलाइदिएको उनले बताए। 

बाख्रापालक किसान र फ्रेस हाउसबीच व्यापारिक सम्बन्ध गाँसिदिँदा दुवै पक्षलाई फाइदा भइरहेको र बजारीकरणको  समस्या नभएको उनको भनाइ छ।

संस्थाले यसपालि दसैँंअघि जुम्लाबाट स्याउ किनेर आफ्ना सदस्यलाई बिक्री गरेको थियो। कर्णाली प्रदेशको स्याउलगायत विभिन्न उत्पादनको बजारीकरण र बिउबिरुवा उत्पादनमा संस्थाले सहयोग पुर्‍याउने नीति लिएको संस्थाका निर्देशक खतिवडाले बताए।

बाख्रापालक किसानलाई निःशुल्क प्राविधिक सहयोग पुर्‍याउन संस्थाले पशु चिकित्सकसहित १० कर्मचारी परिचालन गर्दै आएको छ। एक लाख ५७ हजार नौ सय २० जना सदस्य रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा ७४ हजार एक सय ३० ऋणी छन्। संस्थाबाट कृषि कर्जा लिनेको संख्यासमेत उल्लेख्य छ। रासस