१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपतिले अपराह्न ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई दसैँको टीका लगाइदिने    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:oo:oo

विशिष्ट पदाधिकारीलाई अपराह्न २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई अपराह्न ३ देखि ५ बजेसम्म राष्ट्रपतिले दसैँको टीका, जमरा लगाइदिने
 
राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।  राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टाछुट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद ग्रहणको व्यवस्था मिलाएको छ ।  

राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न इच्छुक सम्माननीय, माननीय, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी तथा निजामती, जंगी, प्रहरीतर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकका लागि अपराह्न २ देखि ३ बजेसम्म समय तोकिएको छ ।

अन्य सर्वसाधारणले अपराह्न ३ देखि ५ बजेसम्म राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न सक्ने राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्ने महानुभावले मर्यादित पोसाकमा १ नम्बर प्रवेशद्वारबाट राष्ट्रपति कार्यालय प्रवेश गर्नुपर्नेछ ।