१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
कञ्चनपुरको भीमदत्त नगरपालिका-११का वडाध्यक्ष प्रकास थापा विपन्नलाई खाद्यान्न वितरण गर्दै 
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २० बिहीबार १३:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वडाध्यक्ष थापाद्वारा दसैँ भत्ताको रकमबाट विपन्नलाई खाद्यान्न वितरण

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:oo:oo

प्रतिपरिवार एक बोरा चामल, दाल र एउटा खुकुरा वितरण

कञ्चनपुरका एक जनप्रतिनिधिले आफूले पाएको दसै‌ँ भत्ताको रकमबाट विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन्। भीमदत्त नगरपालिका- ११ का वडाध्यक्ष प्रकाश थापाले आफूले पाएको भत्ताको रकमबाट विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका हुन् । वडाध्यक्ष थापाले सीमावर्ती तथा विपतकाे उच्च जोखिममा रहेको वडामा रहेका अति विपन्न र बेसहारा गरिब परिवारलाई खाद्यान्न वितरण गरेका छन् । 

शनिबार वडामा रहेका विभिन्न गाउँबस्ती पुगेर वडाध्यक्ष थापाले खाद्यान्न वितरण गरेका हुन् । उनले प्रतिपरिवार एक बोरा चामल, दाल र एउटा खुकुरा वितरण गरेका छन् । दसैँको मुखमा वडाध्यक्ष थापाले घरमै पुगेर मासुका लागि कुखुरासहित खाद्यान्न सहयोग गरेपछि विपन्न परिवार हर्षित भएका छन् । वडाध्यक्षले दसैँका लागि केही सहयोग गरेकाले आफन्त गुमाएका एवं बेसहारा नागरिक हर्षित भएका छन् ।

भीनपा- ११ शिवज्योति टोलकी बेसहारा गंगादेवी सुनारले यसअघिका दसैँमा कुनै पनि जनप्रतिनिधिले यसरी दसैँको वेला सहयोग नगरेको बताउँदै अहिलेका जनप्रतिनिधिले सहयोग गर्दा खुसी लागेको  बताइन् । ‘दसैँका वेला मासु मात्रै होइन, खाद्यान्न पनि समस्या थियो,’ उनले भनिन्, ‘एक्कासि वडाध्यक्षज्यू भगवानजस्तै प्रकट भएर आउनु भो अनि खाद्यान्न दिएर जानु भो ।’

जनज्योति टोलकी झापुदेवी लुहारले पनि दसैँका वेला मिठो–मसिनो खानाभन्दा पनि दैनिक छाक टार्नका लागि समस्या भएको अवस्थामा वडाध्यक्षले मासु खान कुखुरासहित खाद्यान्न सहयोग गरेपछि ठूलो राहत पुगेको बताइन् । ‘वडाध्यक्ष थापाले महिनाभरि पुग्ने रासन दिनुभएको छ,’ उनले भनिन्, ‘अब ढुक्क भएर दसैँ मनाउँछु ।’ 

महाकाली टोलकी कमला ठकुरीले आफ्नो कोही नभएको अवस्थामा वडाध्यक्षले यसरी दसैँकै मुखमा खाद्यान्न दिएको बताइन् । ‘म त एकल महिला हुँ, मेरा कोही छैनन्,’ उनले भनिन्, ‘वडाध्यक्षले खाद्यान्न दिएपछि अब ढुक्कले दसैँ मनाउँछु ।’ यसरी दसैँ–तिहारकै मुखमा वडाध्यक्ष थापाले विपन्नको भोको पेट भर्ने काम गरेको भन्दै खाद्यान्न पाउने स्थानीयले आभार प्रकट गरेका छन् । 

भीमदत्त नगरपालिका- ११का वडाध्यक्ष थापाले नियमित कामका अतिरिक्त वडामा रहेका अति विपन्न, बेसहारा नागरिकलाई दसैँ मनाउन आफूले पाएको सुविधाको रकमबाट सक्दो खाद्यान्न सहयोग गरेको बताए । दैनिक हातमुख जोर्न समस्या भएका विपन्नलाई दसैँ मनाउन सक्दो सहयोग गरेको उनको भनाइ छ ।आगामी दिनमा समेत यस्तै सामाजिक सहयोग गर्ने वडाध्यक्ष थापाले प्रण गरेका छन् ।

 

 

ad
ad