१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० कार्तिक २ बिहीबार ०८:२९:००
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

फोटो पत्रकार थोकरको ‘लाइफ इन पेन्डामिक’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० कार्तिक २ बिहीबार ०८:२९:००

फोटो पत्रकार केशवराज थोकरको ‘लाइफ इन पेन्डामिक’ पुस्तक सार्वजनिक भएको छ । काठमाडाैंमा एक कार्यक्रमको साथ सभामुख देवराज घिमिरेले लाइफ इन पेन्डामिक फोटो पुस्तक सार्वजनिक गरेका हुन् ।

सभामुख घिमिरेले फोटो पुस्तक सार्वजनिक गर्दै कोरोनाको विषयमा फोटोको माध्यमबाट इतिहासको दस्ताबेजीकरण भएको बताए । विभिन्न समय र कालखण्डमा यस्ता भवितव्य घटनाहरू हुने भएकाले यसलाई फोटो पत्रकारिताले इतिहास सम्झाउने काम गरेको सभामुख घिमिरेको भनाइ थियो ।  लाइफ इन पेन्डामिक विपत्तिको इतिहास सम्झाउने पुस्तक भएकाले विश्वमा संग्रहनीय फोटो पुस्तक हुने सभामुख घिमिरेको विश्वास छ ।  

दुई दशकदेखि फोटो पत्रकारितामा क्रियाशील थोकरले कोरोनाको समयमा काठमाडौंको लाइफ लाइन, अनुभव गरेका, फ्रन्टलाइन हुँदै जीवन र मृत्युको संघर्ष गरिरहेका र संवेदनाले भरिएको परिदृश्यलाई फोटोको माध्यमबाट दस्ताबेजीकरण गरेका छन् ।  

सात सिरिजमा विभाजन गरिएको उक्त फोटो पुस्तकमा आफ्नै श्रीमती साङमो योञ्जन गर्भवती हुँदा १६ दिनको होम आइसोलेसन बस्नुपर्दाको क्षण, फ्रन्टलाइनका डक्टर शेरबहादुर पुन, नर्स र सरकारले कोरोना नियन्त्रणका लागि गरेका प्रयासहरू फोटो पुस्तकमा समावेश गरिएको छ । 

उक्त समारोहमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, पिजे क्लबका निवर्तमान अध्यक्ष विकास कार्की, वरिष्ठ फोटो पत्रकार शेखर कार्कीलगायतले मन्तव्य राखेका थिए । फोटो पुस्तक म्हेन्दो ट्रस्टले प्रकाशन गरेको हो ।