Skip This
सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २९ बिहीबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
२o८o चैत २९ बिहीबार १५:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २९ बिहीबार १५:o३:oo

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्री–वितरण गरेको जनाएको छ। 

नयाँ शैक्षिक सत्र ०८१ का लागि प्रदेशका नौवटै जिल्लामा स्थानीय पुस्तक बिक्रेतामार्फत केन्द्रले पुस्तक बिक्री–वितरण गरेको हो। उक्त पुस्तक बिक्री–वितरणबाट रु. १८ करोडबराबरको कारोबार गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले जानकारी दिए।

उनका अनुसार केन्द्रले आगामी शैक्षिक सत्र २०८१ का लागि प्रदेशभरि १९ लाख १५ हजार एक सय ८५ थान पाठ्यपुस्तक बिक्री–वितरण गर्ने लक्ष्य लिएको छ। प्रदेशका सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको कार्यालय प्रमुख कुँवरले जानकारी दिए।

‘सात पहाडी जिल्लाका सबै ठाउँमा पाठ्यपुस्तक पुगिसकेको छ। केही छुटेका ठाउँमा पनि शैक्षिक सत्र सुरु हुनुअगावै पाठ्यपुस्तक पुर्‍याउँछौँ,’ उनले भने, ‘हामीसँग पाठ्यपुस्तक पर्याप्त छ। कैलाली र कञ्चनपुरमा पनि अधिकांश ठाउँमा पाठ्यपुस्तक पुगिसकेको छ। बाँकी पाठ्यपुस्तक शैक्षिक सत्रअगावै पुग्छ।’

केन्द्रले यही चैत १३ गतेदेखि पाठ्यपुस्तक बिक्री–वितरण सुरु गरेको थियो भने सबैभन्दा पहिले प्रदेशको विकट हिमाली जिल्ला बाजुरामा पाठ्यपुस्तक ढुवानी सुरु गरेको थियो।

कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक निजी क्षेत्रले बिक्री–वितरण गर्दै आएकामा आगामी शैक्षिक सत्रका लागि भने जनक शिक्षाले कक्षा तीन र चारको पाठ्यपुस्तक २० प्रतिशत छुटमा बिक्री–वितरण गरिरहेको कार्यालय प्रमुख कुँवरले जानकारी दिए।

चालू शैक्षिक सत्रमा केन्द्रले यस प्रदेशमा कक्षा ६ देखि १२ सम्मका १७ लाख ४१ हजार थान पाठ्यपुस्तक बिक्री गरेको जनाइएको छ।