१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १४:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

मेसीको दुई गोल मद्दतमा अर्जेन्टिनाको विजय यात्रा जारी

फिफा विश्वकप २०२६ छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १४:o६:oo

कप्तान लियोनल मेसीको दुई गोल मद्दतमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोट प्रतियोगितामा पेरूलाई हराएको छ ।

दुवै गोल पहिलो हाफमै सम्भव भएको थियो । ३२औँ मिनेटमा निकोलस गोन्जालेजको पासमा मेसीले बललाई जाली चुमाएका थिए । 

यस्तै, ४२औँ मिनेटमा एन्जो फर्नान्डेजको पासमा अल्भारेजले चलाखीपूर्ण रूपमा छाडिदिएको बलमा मेसीले दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । उनले ५७औँ मिनेटमा प्रहार गरेको बलले पनि जाली चुमेको थियो । तर, भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई गोल दिएनन् । 

लामो समयपछि सुरुवाती ११ मा रहेर खेलेका मेसीले अर्जेन्टिनाका लागि गोलसंख्या एक सय ६ पुर्‍याएका छन् । 

आजको जितपछि चार खेलमा सबै जित निकाली १२ अंक जोडेको अर्जेन्टिना टेबलको शीर्ष स्थानमा छ । आजै बिहान भएको खेलमा ब्राजिललाई पराजित गर्दै उरुग्वे सात अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

चार खेलबाट सात अंक नै रहेको ब्राजिल गोलअन्तरमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ । चार खेलबाट सात अंक नै जोडेको भेनेजुएला चौथो स्थानमा छ । 

ad
ad