१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार ११:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

फलदारी कोफ्ता करी बनाउने विधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:३७:oo

सामग्री : उसिनेको आलु ५०० ग्राम, ग्रेट गरेको पनिर ३०० ग्राम, काँचो केरा उसिनेर मुछेको २०० ग्राम, बेसन एक कप, तेल ४० एमएल, होल गरम मसला ३ ग्राम, अदुवा–लसुनको पेस्ट १५ ग्राम, जिरा गेडा आधा चियाचम्चा, मसिनो गरी काटेको प्याज ६० ग्राम, गेलभेँडा ४० ग्राम, गरम मसलाको धुलो आधा चियाचम्चा, बेसार आधा चियाचम्चा, जिरा–धनियाँको धुलो एक–एक चियाचम्चा, खुर्सानीको धुलो एक चियाचम्चा, नुन–मरिच स्वादअनुसार, हिङ आधा चियाचम्चा, काजुको पेस्ट आधा कप, टोमाटो पिउरी आधा कप, धनियाँ एक मुठा, बटर दुई चियाचम्चा, कुकिङ क्रिम आधा कप, ड्राई नट २० ग्राम, रेड चेरी एक पिस ।

विधि : आलु, पनिर, गाँजर, चप गरेको ड्राई नट, उसिनेको काँचो केरा, अदुवा–लसुनको पेस्ट एकचम्चा, सिजिनिङ बेसन हालेर गोलो–गोलो गुच्चाकार कोफ्ता बनाई तातेको तेलमा फ्राई गरी एक साइडमा राख्ने । अर्कोतर्र्फ कराईमा तेल तताएर गरम मसला र जिरा फुराउँदै ग्रेभी बनाउने र त्यसमा क्रिम, बटर, हिङ हाली चलाउने । फ्राई गरेको कोफ्ता ग्रेभीमा हाली दुई मिनेट पकाउने र अन्तमा धनियाँ हालेर रोटी या भुजासँग सर्भ गर्ने । 

ad
ad