१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o६:१३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आज नेपालले युएईको सामना गर्दै : मूलपानी क्रिकेट मैदानमा पहिलो अन्तर्राष्ट्रिय टी–२० खेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:१३:oo

 नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार मूलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी–२० शृंखलामा युएईको सामना गर्दै छ । आइसिसीको वरीयतामा नेपाल १६औँ र युएई १७औँ स्थानमा छ । शृंखलामा सहभागी तेस्रो राष्ट्र हङकङ आइसिसीको वरीयतामा २१औँ स्थानमा छ । नेपाल र युएईबीचको खेल मूलपानी क्रिकेट मैदानमा पहिलो अन्तर्राष्ट्रिय टी–२० हुने छ । यसका लागि आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले सबै तयारी पूरा गरेको सचिव पारस खड्काले बताएका छन् ।

यसैबीच, शृंखलाको ट्रफी सार्वजनिक नेपालका कप्तान रोहितकुमार पौडेल र युएईका कप्तान मोहम्मद वसिमले गरेका छन् । हङकङ काठमाडौं नआइसकेका कारण नेपाल र युएईका कप्तानले ट्रफी सार्वजनिक गरेका हुन् । नेपालका कप्तान पौडेलले शृंखलालाई आइसिसी टी–२० विश्वकप छनोटको अभ्यास खेलका रूपमा लिएका छन् । ‘हामी विश्वकपको छनोट खेल खेल्दै छौँ, त्यसअघि त्रिकोणात्मक शृंखला एक किसिमले तयारीजस्तै हो,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘प्रतियोगिताका लागि हामी तयार छौँ ।’ 

अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आइसिसी टी–२० विश्वकप आयोजना गर्दै छन् । यसैबीच, युएईका कप्तान वसिमले नेपाल बलियो टोली भएको बताए । ‘पछिल्लो समयमा नेपालले राम्रो क्रिकेट खेलिरहेको छ,’ उनले भने, ‘हामीले पनि शृंखलाका लागि राम्रो तयारी गरेका छौँ ।’ 

परिवारलाई समय दिँदै सन्दीप
क्यानले १८ सदस्यीय टोली घोषणा गर्दा लेग स्पिनर सन्दीप लामिछानेलाई समावेश गरेको छैन । गत साता सन्दीपले शृंखलामा आफू सहभागी नहुने घोषणा गरेका थिए । लामो समयपछि घरेलु मैदानमा नेपालले सन्दीपविना शृंखला खेल्दै छ । क्यानका सचिव पारसले प्रतियोगिताअगाडि सन्दीपसँग छलफल भएको बताए । परिवारसँग समय दिनुपरेका कारण उनी सहभागी नभएको पारसको भनाइ छ ।