१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेत्रहीन युवा संघको घोषणापत्र जारी, शिक्षा विधेयक अपांगता भएका व्यक्तिमैत्री बनाउन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४o:oo

नेत्रहीन युवा संघ नेपालले संघीय संसदमा पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई अपांगता भएका व्यक्तिमैत्री बनाउन माग गरेको छ।

संघको ११औँ वार्षिक साधारणसभा तथा चौथो महाधिवेशनमार्फत जारी १५बुँदे घोषणापत्रमा भनिएको छ, ‘शिक्षा विधेयकमा अपांगताको क्षेत्रमा कार्यरत संघसंस्थासँग आपसी सहकार्य, कार्यगत एकता र समन्वयमा पैरवी तथा वकालतको कार्यलाई तीव्रताका साथ अगाडि बढाइनेछ।’

संघका महासचिव अर्जुन रावलले समावेशी शिक्षाको मर्म र मान्यतालाई अंगीकार गर्दै पहुँचयुक्त र समावेशी शैक्षिक प्रणाली विकास हुनुपर्ने बताए। दृष्टिविहीनका लागि श्रव्य दृश्य एवं डिजिटल माध्यमबाट उपयुक्त अनुकूलताको सिद्धान्तलाई आत्मसात गरेर अतिरिक्त बोझविना अध्ययनका लागि व्यवस्था हुनुपर्ने उनको भनाइ छ।

संघले हालै मात्र प्रतिनिधिसभाको शिक्षा समितिका सदस्यसँग विधेयकबारे छलफल गरिसकेको छ। संघले नेपालको संविधान, अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, अपांगता भएका  व्यक्तिको अधिकारसम्बन्धी ऐन र दिगो विकास लक्ष्यबारे पनि सरकारलाई स्मरण गराएको छ।

विद्यालय तथा उच्च शिक्षामा दृष्टिसम्बन्धी अपांगता भएका  बालबालिका एवं  विद्यार्थीलगायत सबै किसिमका अपांगता भएका विद्यार्थीको पहुँचका लागि छात्रवृत्ति एवं पहुँचयुक्त शैक्षिक सामग्रीको सुनिश्चितता हुनुपर्ने संघको ठहर छ। ‘पहुँचयुक्त र समावेशी सिकाइ वातावरण, पहुँचयुक्त सूचना, सञ्चार तथा शैक्षिक सामग्री विकास र प्रवर्द्धनका लागि सरोकारवाला निकायसँग गम्भीर छलफलमार्फत निष्कर्षमा पुग्न वाञ्छनीय वकालत तथा पैरवी गर्न  संस्था अग्रसर छ,’ घोषणापत्रमा भनिएको छ।

संघले अपांगता भएका विद्यार्थीको उच्चतम शैक्षिक उपलब्धि हासिल गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन संरचनागत एवं नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकायसँग संवाद, वकालत तथा पैरवी गर्ने जनाएको छ।