१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २५ मंगलबार १८:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उत्कृष्ट काम गर्ने कञ्चनपुरका सात प्रहरी पुरस्कृत 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १८:३२:oo

कञ्चनपुरका सात प्रहरीलाई पुरस्कृत गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सात प्रहरीलाई पुरस्कृत गरेको हो। मंगलबार ६८औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट काम गर्ने प्रहरीलाई प्रमाणपत्रका साथै सम्मान गरिएको छ।

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले कार्य क्षेत्रमा उत्कृष्ट काम गर्ने अधिकृत, जुनियर अधिकृतसहितका प्रहरी कर्मचारीलाई सम्मान गरिएको बताए। 

प्रवक्ता डाँगीका अनुसार प्रहरी निरीक्षकद्वय हेमराज भट्ट, ईश्वरबहादुर थापा, प्रहरी सहायक निरीक्षकत्रय वीरेन्द्रसिंह धानुक, महादेव पन्त, पर्वतसिंह गुरु, प्रहरी हबल्दार पदम खडका, प्रहरी जवान महेशसिंह बोहरालाई सम्मान एवं पुरस्कार प्रदान गरिएको छ। 

उनीहरूलाई दोसल्लाका साथै प्रमाणपत्र र नगद रकम दिएर सम्मान गरिएको छ। प्रहरी निरीक्षक भट्ट इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र अर्का निरीक्षक थापा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमै कार्यरत छन्।

 यसका साथै अमर प्रहरीसहितका विभिन्न संघ संस्था, उद्योगी व्यवसायीलाई समेत सम्मान गरिएको छ। सम्मानित एवं पुरस्कृत भएका प्रहरी कर्मचारीले संगठनले कामको मूल्यांकन गरेको भन्दै आगामी दिनमा थप काम गर्ने ऊर्जा थपिएको बताएका छन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल थापाले उत्कृष्ट काम गर्ने प्रहरी अधिकृत तथा कर्मचारीलाई काममा थप हौसल्लाका लागि सम्मान गरिएको बताए। 
 

ad
ad