१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार ११:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘आर्थिक सुधारका लागि उच्चस्तरीय संयन्त्र आवश्यक’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२६:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको बताएका छन् । सरकार–निजी क्षेत्रको सहभागितामा उच्चस्तरीय आयोग वा संयन्त्र बनाएर आर्थिक सुधार अघि बढाउनुपर्ने उनले बताएका हुन् । 

महासंघ अध्यक्ष ढकालले नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिसँगको भेटमा आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग वा संयन्त्र निर्माण गरी सहकार्य गर्ने अवधारणा आफूले अगाडि सारेको बताए । अबको सुधारका लागि निजी क्षेत्रसहित सबै सरोकारवालाको सामूहिक प्रयास आवश्यक भएको अध्यक्ष ढकालले जानकारी गराए । 

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले देशभर नै उद्यमी–व्यवसायी मन्दीका कारण प्रभावित भइरहेको हुँदा सबै क्षेत्रको विशेष पहल आवश्यक रहेको वताए । महासंघ सचिवालयमा भएको उक्त भेटमा आर्थिक सुधारका लागि सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।
 

ad
ad