१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:१५:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बेपत्ता विद्यार्थीको खोजीबारे परराष्ट्रमन्त्रीले भने–हमाससँग सम्बन्ध रहेको भनिएका देशसँग पनि समन्वय गरेर खोजी भइरहेको छ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:१५:oo

परराष्ट्रमन्त्री एनपी साउदले इजरायल युद्धमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजबिनका लागि हमाससँग सम्बन्ध रहेको भनिएका देशसँग पनि समन्वय भइरहेको बताएका छन् । सुदूरपश्चिम पत्रकार समाजले सोमबार राजधानीमा आयोजना गरेको दसैँ, तिहार, छठ तथा नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा उनले उचित समन्वय गरेर हराइरहेका विद्यार्थीको खोज्ने काम सरकारले तीव्रताका साथ गरिरहेको बताए । 

‘हराएका विद्यार्थीका बारेमा इजरायल सरकारसँग पनि र इजरायलबाहेकका अरू खाडीका सरकारहरू, जसको हमास समूहसँग पनि सम्बन्ध छ भन्ने गरिन्छ । ती सरकारसँग उचित समन्वय गरेर खोज्ने काम सरकारले तीव्रताका साथ गरिरहेको छ,’ उनले भने, ‘त्यसका लागि आवश्यक ठाउँमा कुराकानी भइरहेको छ ।’ 

हतियारधारी हमास समूहले १९ असोजमा दक्षिण इजरायलमा रहेको सेडोट नेगेभ एग्रिकल्चर सेन्टरअन्तर्गत किबुज अलुमिममा आक्रमण गर्दा सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत रही इजरायलमा रहेका १० विद्यार्थीको ज्यान गएको थियो । सोही विश्वविद्यालयका विद्यार्थी कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ का विपिन जोशी हमासको नियन्त्रणमा रहेको बताइए पनि उनको अवस्था अज्ञात छ । 

सरकारले इजरायलमा रहका दुई सय ५४ विद्यार्थीको उद्धार गरे पनि विद्यार्थीको शव इजरायलमा छ । जसमध्ये पाँचजनाको शव इजरायलस्थित नेपाली दूतावासले बुझिसकेको छ । परराष्ट्रमन्त्री साउदले बाँकी पाँचजना विद्यार्थीको शव हस्तान्तरण प्रक्रिया चाँडै टुंगिए १० वटै शव एकसाथ ल्याइने बताए । ‘तर, प्रक्रिया लम्बिने देखिए प्राप्त पाँचवटा शव ल्याउने प्रक्रिया अगाडि बढ्नेछ,’ उनले भने ।

सुदूरपश्चिममा बजेट अभाव
कञ्चनपुर– २ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री साउदले सुदूरपश्चिम प्रदेश सम्भावनाको दृष्टिकोणले भरिपूर्ण भए पनि बजेटको अभाव भएको बताए । ‘सुदूरपश्चिममा बढी बजेट विनियोजन गर्ने मनसाय भए पनि जनसंख्याका आधारमा बजेट विनियोजन हुन्छ, बजेट विनियोजन न्यून हुने परिपाटी चुनौतीपूर्ण छ,’ उनले भने, ‘सहरमा चालू बजेटले तान्ने भए पनि सुदूरपश्चिममा त्यो अवस्था छैन, यसको मारमा सुदूरपश्चिम पर्ने गरेको छ । अब तीनै तहका सरकारले पूर्वाधार, जलविद्युत् र कृषिमा लगानी बढाउँदै पर्यटन तथा सांस्कृतिक विविधताको प्रचार–प्रसार तथा विकास गर्नुपर्ने उनले बताए । 

सांसद रूपा चौधरीले सुदूरपश्चिम सामाजिक तथा सांस्कृतिक रूपमा धनी भएकाले त्यसको संरक्षणका लागि सबैले हातेमालो गर्नुपर्ने धारणा राखिन् । समाजका अध्यक्ष यम बमले राजनीतिबाहेकका सुदूरपश्चिमका सबै मुद्दा पत्रकार समाजका एजेन्डा रहेको र मूलप्रवाहीकरणमा हातेमालो गरिने बताए ।