१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० असोज २९ सोमबार ११:५१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

डोल्पाको सान से–फोक्सुन्डो ताल

डोल्पामा रहेको से–फोक्सुन्डो ताल धेरै पर्यटकको रोजाइमा पर्ने गन्तव्य हो । यस ट्रेकिङ ट्रेलमा अद्भूत झरना, जडीबुटी र लोपोन्मुख प्रजातिका पशुपन्छी पाइन्छन् । सुलीगाड, काग्नी, सांग्ता, छेपका, रेंची, तापरिचा स्कुल, झरनाजस्ता रमणीय परम्परागत गाउँबाट हिँड्दै से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असोज २९ सोमबार ११:५१:००

डोल्पामा रहेको से–फोक्सुन्डो ताल धेरै पर्यटकको रोजाइमा पर्ने गन्तव्य हो । यस ट्रेकिङ ट्रेलमा अद्भूत झरना, जडीबुटी र लोपोन्मुख प्रजातिका पशुपन्छी पाइन्छन् । सुलीगाड, काग्नी, सांग्ता, छेपका, रेंची, तापरिचा स्कुल, झरनाजस्ता रमणीय परम्परागत गाउँबाट हिँड्दै से–फोक्सुन्डो (रिग्मों गाउँ) पुगिन्छ ।

दिन र मौसमअनुसार तालको रङ फेरिने (कहिले निलो र कहिले हरियो) भएकाले पनि यो ताल निकै सुन्दर र मनमोहक लाग्छ । यस तालआसपासको क्षेत्र प्राकृतिक र जैविक रूपमा भरिपूर्ण छ । यहाँ हिउँचितुवा, नाउर, चौँरी, हिमालयन थारजस्ता लोपोन्मुख प्रजातिहरूको अवलोकन गर्न पाइन्छ । बौद्ध र बोन–पो धर्मावलम्बीहरूको बसोवास रहेको यो क्षेत्र सांस्कृतिक रूपमा पनि निकै सम्पन्न छ । सहरी कोलाहलबाट केही दिन टाढा रहेर प्रकृतिको सामीप्यमा रमाउन चाहनेहरूका लागि से–फोक्सुन्डो निकै राम्रो गन्तव्य हो । 

पहिलो दिन :  काठमाडौैंबाट नेपालगन्जसम्मको यात्रा दुई प्रकारले गर्न सकिन्छ । मोटर र हवाई यात्राबाट जान सकिन्छ । पहिलो दिन नेपालगन्ज पुगेर वास बस्न सकिन्छ । 

दोस्रो दिन :  नेपालगन्जबाट लगभग ४० मिनेटको उडानपछि जुफाल पुगिन्छ र जुफालबाट ५–६ घन्टा पैदल यात्रा गरी सुलिगाड से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको चेकपोस्ट हुँदै कागनी गाउँ पुग्न सकिन्छ ।

तेस्रो दिन :  विभिन्न ठूला–ठूला रूखले भरिएको घना जंगलको बाटो र खोलाको तीरैतीर बिस्तारै उकालो लाग्दै सांगता, छेप्का, रेंची तापरिचा स्कुल हुँदै झरना पुग्न सकिन्छ । 

चौथो दिन :  झरनादेखि से–फोक्सुन्डो ताल तीन–चार घन्टाको पैदल यात्रामा पुग्न सकिन्छ । झरनाको अवलोकन गर्दै ठाडो उकालो लाग्दै रिङमो गाउँ (से–फोक्सुन्डो ताल) पुगिन्छ । दिउँसोको खानापछि तालको कर्नरमा रहेको बोन्पो गुम्बा अवलोकनका साथ से–फोक्सुन्डो ताल अवलोकन गर्न सकिन्छ । यो ताल बिहान, दिउँसो र बेलुकी फरक–फरक रङको देखिन्छ । 

पाँचौँ र छैटौँ दिन :  बिहानै भ्यु प्वाइन्ट गएर त्यहाँबाट से–फोक्सुन्डो ताल अवलोकन गर्न सकिन्छ । यो ताल एउटा फिरोजा रङको ताजा पानीको ताल हो, जुन नेपालको सबैभन्दा गहिरो ताल पनि हो । पृष्ठभूमिमा कान्जिरोवा हिमाल (६६१२ मिटर)को दृश्यका साथै धेरै गोम्पा र बोन–पो धार्मिक स्थल र त्यहाँको कला संस्कृति र भेषभूषाका साथ स्थानीयको रहनसहनको पनि अवलोकन गर्न सकिन्छ । भ्यु प्वाइन्ट अवलोकनपछि रेची फर्केर वास बस्न सकिन्छ ।

सातौँ दिन :  भेरी नदीको किनार चट्टानी उकालो–ओरालो बाटो हिँड्दै, सुन्दर परिदृश्यको अवलोकन गर्दै, सांग्ता, कागनी र सुलीगाडको सोही बाटो हुँदै जुफाल पुग्न सकिन्छ ।

आठौँ दिन :  बिहानै जुफालबाट ४० मिनेटको उडान गरी नेपालगन्ज र त्यसपछि दिउँसो एक घन्टाको उडानपछि काठमाडौं फर्किन सकिन्छ ।