मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o असोज २९ सोमबार
  • Thursday, 18 September, 2025
२o८o असोज २९ सोमबार १o:१३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

खोकनामा रुद्रायणी देवीको १२ वर्षे मेला सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २९ सोमबार १o:१३:oo

 हरेक १२ वर्षमा लाग्ने ललितपुर महानगरपालिका–२१, खोकनाको रुद्रायणी देवीको मेला सुरु भएको छ । आइतबार सुरु भएको मेला अवधिभर जात्रा, देवीनाच प्रदर्शन गरिन्छ । जात्राबारे जानकारी दिन आइतबार ललितपुरको खोकनामा आयोजित पत्रकार सम्मेलनमा वडा नम्बर २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले सोमबार र मंगलबार मेलाको विशेष दिन भएकाले त्यस दिन विभिन्न जात्रा र नाच देखाइने बताए ।

विशेष गरी खोकनावासीले मनाउँदै आएको यस मेलामा सिकाली, खड्ग, रुद्रायणीलगायतको जात्रा नगरभर देखाइन्छ । ‘खोकना ऐतिहासिक थलो हो, यहाँ हरेक समय केही न केही जात्रापर्व भइरन्छन्, तर १२ वर्षको अन्तरालमा आउने रुद्रयणी देवीको मेला विशेष हो,’ उनले भने, ‘रुद्रायणी मन्दिरमा विराजमान रुद्रायणी देवीलाई रुद्रायणी देवगणहरूबाट एक महिनाका लागि पूजा–अर्चना गरी परिक्रमा गराउने गरिन्छ ।’ 

१२ वर्षे मेलामध्ये सबैभन्दा विशेष दिन असोज शुक्ल तृतीयालाई मानिन्छ । यस दिन मन्दिरको ढोकाबाहिर पूजाआजा पनि गर्ने गरिन्छ । १२ वर्षे मेलाका क्रममा रुद्रायणी देवीलाई उपत्यकाका विभिन्न नगरहरू परिक्रमा गराइन्छ । जसका क्रममा ललितपुरको पाटन दरबार क्षेत्रको मूलचोक, केशवनारायण चोक, डबलीको अगाडि रुद्रायणीलाई परिक्रमा गराउँदै जात्रा प्रस्तुत गरिनेछ । यसबाहेक उपत्यकाका ऐतिहासिक स्थानहरूमा परिक्रमा गराइनेछ । मेलाका लागि ललितपुर महानगरपालिकाले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।