१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o८:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दसैँका लागि आउन थाले खसी–बोका 

११ स्थानमा पशुको स्वास्थ्य परीक्षण गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:३३:oo

नवरात्रि सुरु भएसँगै व्यापारीहरूले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट खसी–बोका र च्यांग्रा बिक्री गर्न थालेका हुन् । व्यापारीले विजयादशमीको दिनसम्म करिब २८ हजार खसी–बोका र च्यांग्रा बिक्री गर्ने तयारी गरेको नेपाल चौपाया बजार तथा वधशाला व्यवस्थापका व्यवस्थापक जीवनराज खतिवडाले बताए । उनले भने, ‘आइतबार तीन हजारको संख्यामा ल्याएर बिक्री गरेका छौँ, बिस्तारै संख्या बढाउँदै लैजान्छौँ ।’ च्यांग्रा करिब तीन हजारको संख्यामा मात्र ल्याइने उनको भनाइ छ । 

यस वर्ष च्यांग्राको मूल्य प्रतिकिलो एक हजार तीन सय रुपैयाँदेखि एक हजार चार सय रुपैयाँसम्म पर्ने शर्माले बताए । अहिले जिउँदो खसीको मूल्य प्रतिकिलो मूल्य करिब ६ सय ५० रुपैयाँमा बिक्री भएको शर्माले बताए । उपत्यकामा बर्दिया, गुलरिया, सल्यान, सुर्खेत, दाङ, कटहरी, सुर्खेत, रुकुम, रोल्पा, ओखलढुंगा, नुवाकोट, रामेछाप, जनकपुर, सर्लाहीलगायतका जिल्लाबाट खसी–बोका आउँछन् । 

 खाद्यले सोमबारबाट बिक्री–वितरण गर्ने 
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी–बोका र च्यांग्रा सोमबारबाट बिक्री गर्ने भएको छ । कम्पनी प्रवक्ता शर्मिला सुवेदीका अनुसार आइतबार रातिसम्म आइपुग्छन् र सोमबारबाट बिक्री–वितरण गर्ने तयारी छ । खाद्यले यस वर्ष दुई हजार खसी–बोका र एक हजार च्यांग्रा ल्याउने भएको छ । पहिलो चरणमा २५ सयको  हाराहारीमा ल्याइने र त्यसपछि हरेक दिन बढाउँदै जाने विभागको तयारी छ ।

खसी–बोका र च्यांग्रा आइपुगेपछि बिक्री मूल्यबारे निर्णय गर्ने उनले बताइन् । उनले भनिन्, ‘मूल्यबारे निर्णय गर्न बाँकी नै छ, भोलि आइपुगेपछि हामी निर्णय गरेर उपभोक्ताले किलोमा १० रुपैयाँ छुट पाउनेछन् ।’ पशुसेवा विभागका अनुसार गत वर्ष दसैँको घटस्थापनादेखि महानवमीको अवधिमा ५४ हजार जिउँदा पशु भित्रिएका थिए । जसमा खसी–बोका, च्यांग्रा गरेर २५ हजार र पाँच सय राँगा आपूर्ति भएका थिए ।

 ११ स्थानमा पशुको स्वास्थ्य परीक्षण गरिने
पशुसेवा विभागले यस वर्ष ११ स्थानमा पशुको स्वास्थ्य परीक्षण गर्ने भएको छ । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै विभागले उपत्यकाआसपासका बजारमा पशु चिकित्सकसहितको टोली परिचालन गरिने विभागका प्रवक्ता चन्द्रप्रसाद ढकालले बताए । उनले भने, ‘उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै रोगी, बिरामी पशुलाई क्वारेन्टिनमा राख्ने, खान योग्य–अयोग्यलगायत विषयको परीक्षण गर्नेछौँ ।’ 

विभागले पशु स्वास्थ्य परीक्षण, नाका अनुगमन गरी नौ दिनसम्म कडा परीक्षण गर्नेछ । कलंकी खसीबजार, बल्खु, कालीमाटी माछाबजार, सल्लाघारी च्यांग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल आकासे धारा, सुकेधारा र चन्द्रागिरि (थानकोट) दाउरा डिपो, दहचोक, मूलपानी चौर खसी बजारमा होल्डिङ तथा संकलन भएका पशुपक्षीको स्वास्थ्यकर्मी परिचालन गरी क्लिनिकल परीक्षण हुनेछ । विभागले स्वस्थ पशुलाई हरियो रङ र रोगी पशुलाई रातो रङले संकेत गर्ने व्यवस्था मिलाउने ढकालले बताए । ढकालले भने, ‘हरियो रङ भएका पशु खान योग्य, रातो  चिह्न प्रयोग गरेको खान नमिल्ने संकेत गरिनेछ ।’  
 

ad
ad