१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

हवाई हमलामा हमासका वायु सेना प्रमुख मारिएको इजरायली सेनाको दाबी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:३४:oo

गए राति गरिएको हवाई आक्रमणमा हमासका वायु सेना प्रमुख मुराद अबु मुराद मारिएको इजराइली वायु सेनाले दाबी गरेकाे छ।

हमासले गाजापट्टीस्थित उसको हवाई गतिविधि व्यवस्थापन गर्ने मुख्यालयलाई आक्रमणमा निशाना बनाइएको इजरायली वायु सेनाले उल्लेख गरेको छ।

इजरायली वायु सेनाले मुराद अबु मुराद गत शनिबारको नरसंहारमा आतंकवादीहरूलाई निर्देशन दिनका लागि धेरै हदसम्म जिम्मेवार रहेको बताएको छ। 

‘साथै, पछिल्लो दिनमा वायु सेनाको लडाकु जेटहरूले हमास आतंकवादी संगठनको मुख्यालयमा आक्रमण गरे जहाँबाट उक्त संगठनको हवाई गतिविधि व्यवस्थापन हुन्थ्यो,’ सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै इजरायली वायु सेनाले भनेको छ, ‘शनिबारको घातक हमलामा आतंकवादीहरूलाई निर्देशन दिनेमध्येका एक गाजा सहरका हवाई सेना प्रमुख मुराद अबु मुराद पनि हवाई आक्रमणमा मारिएका छन्।

गत राति भएको अर्को छुट्टै आक्रमणमा इजरायली वायु सेनाले गत शनिबार हमासले गरेको आक्रमणका क्रममा इजरायलमा घुसपैठ गर्ने हमास कमान्डो फौजसँग सम्बन्धित दर्जनौँ स्थानमा आक्रमण गरेको बताएको छ।  
 

ad
ad