टेरामक्स परियोजनाको सम्पूर्ण कागजात सात दिनभित्र बुझाउन लेखाको निर्देशन

शुक्रबार, २६ असोज, २०८०
डिजिटल संस्करण
टेरामक्स परियोजनाको सम्पूर्ण कागजात सात दिनभित्र बुझाउन लेखाको निर्देशन

फाइल तस्बिर ।

सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) परियोजनाको सम्पूर्ण कागजात मगाएको छ । 

टेरामक्सको सम्पूर्ण परियोजनासम्बन्धी कागजात सात दिनभित्र बुझाउन समितिले शुक्रबार निर्देशन दिएको हो ।

समितिका सभापति ऋषिकेश पोखरेलले टेरामक्स खरिद प्रक्रियाको विस्तृत अध्ययन आवश्यक देखिएकाले सम्पूर्ण कागजात सात दिनभित्र बुझाउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको जानकारी दिए । 
 

सुझावित समाचार