मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज २६ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज २६ शुक्रबार १५:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई वर्ष पुराना मुद्दा चालू आर्थिक वर्षमै फर्स्याेट हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज २६ शुक्रबार १५:१o:oo

काठमाडौं जिल्ला अदालतले दुई वर्ष पुराना मुद्दा चालू आर्थिक वर्षभित्र फर्स्याेट गर्ने भएको छ। 

दुई वर्ष पुराना मुद्दा शून्यमा झार्ने सर्वोच्च अदालतको अभियानअनुसार जिल्ला अदालतले आगामी असार मसान्तसम्ममा त्यस्ता मुद्दा फर्स्याेट गर्ने जनाएको हो। हाल उक्त अदालतमा दुई हजार नौ सय ८७ वटा दुई वर्ष पुराना मुद्दा छन्।

अदालत परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौं अदालतका जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीले दुई वर्ष पुराना सबै मुद्दा असार मसान्तसम्ममा फर्स्याेट गर्ने लक्ष्य रहेको र ती मुद्दामा पेसी स्थगित नहुने गरी सुनुवाइ गरिरहेको बताए।  

उक्त अदालतमा दुई वर्ष पुरानासहित हाल ३१ हजार तीन सय ३६ मुद्दा विचाराधीन छन्।