१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस बिस्केक
Invalid date format १३:o५:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

अदालतकाे पक्राउ पुर्जीपछि पुटिन पहिलोपटक विदेश भ्रमणमा

Read Time : > 1 मिनेट
रासस, बिस्केक
नयाँ पत्रिका
Invalid date format १३:o५:oo

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन किर्गिजस्तान आइपुगेका छन्। गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) पक्राउ पुर्जी जारी गरेपछि उनको यो पहिलो विदेश भ्रमण हो।

युक्रेनी बालबालिकालाई देश निकाला गरेको अभियोगमा अदालतले पुटिनको खोजी गरिरहेको छ। आइसिसीका सदस्यराष्ट्रहरूमा राष्ट्रपति पुटिनले पाइला राखेको अवस्थामा ती देश उनलाई गिरफ्तार गर्न बाध्य हुनेछन्। यद्यपि, किर्गिजस्तानले आइसिसीको सदस्यता लिएको छैन।

रुसी समाचार समितिहरू तास, इन्टरफ्याक्स र रिया नोभोस्तीले बिहीबार बिहान पुटिन किर्गिजस्तान आइपुगेका बताएका छन्।

स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डलको एक शिखर सम्मेलनमा भाग लिने सिलसिलामा पुटिनले आफ्ना बेलारुसी सहयोगी अलेक्जेन्डर लुकासेन्को र अन्य क्षेत्रीय नेताहरूसँगै आफ्ना किर्गिज समकक्षी सादिर जापारोभसँग भेट गर्ने कार्यक्रम छ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि उनले सायदै रुस छाडेका छन् । गत डिसेम्बरमा बेलारुस र किर्गिजस्तानको आफ्नो अन्तिम विदेश भ्रमणसँगै यसै वर्ष राष्ट्रपति पुटिनले रुसले युक्रेनको कब्जा गरेको भागमा भ्रमण गरेका थिए। अब उनले उत्तर कोरियाका साथै चीनको भ्रमण गर्ने योजना बनाइरहेका छन्। मस्कोले पुटिनलाई विदेशमा पक्राउ गर्ने सम्भावनालाई युद्धसँग तुलना गर्दै पक्राउ पुर्जीलाई ‘गैरकानुनी’को संज्ञा दिएको छ।

यद्यपि, व्यवहारतः रुसले यसमा सावधानी अपनाएको छ । अगस्ट महिनामा आइसिसी सदस्यमुलुक दक्षिण अफ्रिकामा भएको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुसले पुटिनको सट्टा विदेशमन्त्री सर्गेई लाभरोभलाई पठाएको थियो।

युक्रेनमाथि पूर्णस्तरको आक्रमणपछि पुटिनलाई पश्चिमी दुनियाँमा अवाञ्छित व्यक्ति बनाइदिएको छ । आइसिसीको उक्त निर्णयले पुटिनलाई संसारको ढोकाको ठूलो हिस्सा बन्द गरिदिएको छ । रोम विधानलाई एक सय २३ मुलुकले अनुमोदन गरेका छन् । उक्त विधानलाई आइसिसीका सदस्यहरूले पालना गर्न आवश्यक छ ।

ब्रिक्स सम्मेलनको आयोजक राष्ट्र दक्षिण अफ्रिकाले सम्मेलनमा भाग लिन पुटिनलाई निम्तो दिएपछि आइसिसीको सदस्यका हिसाबले उसलाई कानुनी टाउको दुखाइको विषय बनेको थियो। यद्यपि, अन्तिम क्षणमा मस्कोले पुटिनको बदलामा विदेशमन्त्रीलाई पठाएको थियो।