Skip This
प्रहरीलाई हिमालयन बैंकको गोप्रो क्यामेरा सहयोग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २५ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o असोज २५ बिहीबार ११:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रहरीलाई हिमालयन बैंकको गोप्रो क्यामेरा सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २५ बिहीबार ११:५४:oo

हिमालयन बैंक लिमिटेडले जिल्ला प्रहरी परिसर काठमाडौंलाई गोप्रो क्यामेरा सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुई लाख ६७ हजार पाँच सय रुपैयाँबराबरको इन्स्टा ३६० चेस्ट स्ट्रयापसहित पाँच थान गोप्रो हिरो नाइन क्यामेरा खरिद गरी हस्तान्तरण गरेको हो ।  

सहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हडताल आदिजस्ता गतिविधिहरूको निगरानी तथा रोकथाम गर्न बैंकले काठमाडौं जिल्ला प्रहरी परिसरलाई उक्त सहयोग गरेको जनाएको छ ।

सहयोगस्वरूप प्रदान गरेको क्यामेरा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले प्रहरी उपरीक्षक कुमुद ढुंगेललाई हस्तान्तरण गरेको उल्लेख छ । उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उव्ज्वल राजभण्डारी र मुख्य प्रबन्धक समीर आचार्यको पनि उपस्थिति रहेको बैंकले जनाएको छ ।