१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

४०५ किलो गाँजासहित एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२३:oo

महोत्तरी प्रहरीले २७ पोकामा रहेको चार सय पाँच किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । गएराति जलेश्वर नगरपालिका- १ क्याम्पस रोडस्थित फर्निचरअगाडिबाट प्रहरीले ना.६ख ७३७४ नम्बर को ट्रकमा लुकाएर राखेको अवस्थामा सो परिमाणको गाँजा बरामद गरेको हो ।

मध्यरात खाली ट्रक लिएर घुमिरहेको अवस्थामा अस्थायी प्रहरी पोस्ट नगरपालिकाबाट खटिएको प्रहरी टोलीले गाडी चेकजाँच गर्दा मालसामान राख्ने स्थानमा फल्स ठाउँ बनाई लुकाइछिपाई राखेको अवस्थामा गाँजा फेला पारेपछि ट्रकचालक फरार भएका थिए ।  सहचालक मकवानपुर जिल्ला थाहा नगरपालिका- २ निवासी २२ वर्षीय विशाल थिङ भने पक्राउ परेका छन् ।

पक्राउ परेको थिङसँग थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनले महोत्तरी प्रहरीले गाँजा नियन्त्रणका लागि विशेष अभियान चलाइरहेको बताए । 

महोत्तरीमा विभिन्न जिल्लाबाट गाँजा आयात भई दशगजा हुँदै भारत प्रवेश गर्ने र स्थानीय बजारमा समेत बेचबिखन हुने जानकारीअनुसार पछिल्लो समय यस्ता गतिविधिउपर महोत्तरी प्रहरीले विशेष निगरानी बढाएको छ ।