१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई कर्णाली सरकारले तीन लाख दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१o:oo

कर्णाली प्रदेश सरकारले इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई तीन लाख राहत दिने भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा प्यालेस्टाइनी समूह हमासले गरेको आक्रमणमा मृत्यु भएका विद्यार्थीका परिवारलाई तीन लाख राहत दिने निर्णय गरेको हो। 

मन्त्रिपरिषद्को बैठकले नेपाल बार एसोसिएसनको नियमित वार्षिक साधारणसभाका लागि १५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए।

यस्तै, सरकारका प्रवक्ता मन्त्री जिसीका अनुसार भदौ र असोजमा अविरल वर्षा तथा हावाहुरीलगायत प्राकृतिक प्रकोपबाट कर्णाली प्रदेशका विभिन्न जिल्लामा भएको बालीनाली तथा पशुपन्छीहरू क्षति भएकोमा कृषकलाई ६ करोड रुपैयाँ राहत दिने निर्णयसमेत रहेको छ।