
सिराहाको गोलबजार प्रहरीले जबर्जस्ती करणी मुद्दामा ११ वर्ष सजाय सुनाइएका फरार प्रतिवादीलाई नौ वर्षपछि पक्राउ गरेको छ । सिराहा जिल्ला अदालतको २७ असोज ०७१ को फैसलाअनुसार लगत नम्बर ४०१७ जबर्जस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय सुनाइएका साविक मुक्सार गाविस– ६ हाल गोलबजार नगरपालिका– १ का २९ वर्षीय मनोजकुमार ठाकुरलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले फरार रही लुकेर बस्दै आएका ठाकुरलाई गोलबजार– ४ बाट पक्राउ गरी आवश्यक कारबाहीका लागि सिराहा जिल्ला अदालत पठाउने कार्य भएको छ ।