१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २४ बुधबार
  • Friday, 09 May, 2025
२o८o असोज २४ बुधबार १o:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फरार अभियुक्त नौ वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २४ बुधबार १o:१४:oo

सिराहाको गोलबजार प्रहरीले जबर्जस्ती करणी मुद्दामा ११ वर्ष सजाय सुनाइएका फरार प्रतिवादीलाई नौ वर्षपछि पक्राउ गरेको छ । सिराहा जिल्ला अदालतको २७ असोज ०७१ को फैसलाअनुसार लगत नम्बर ४०१७ जबर्जस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय सुनाइएका साविक मुक्सार गाविस– ६ हाल गोलबजार नगरपालिका– १ का २९ वर्षीय मनोजकुमार ठाकुरलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । 

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले फरार रही लुकेर बस्दै आएका ठाकुरलाई गोलबजार– ४ बाट पक्राउ गरी आवश्यक कारबाहीका लागि सिराहा जिल्ला अदालत पठाउने कार्य भएको छ ।