१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एजेन्सी
२o८१ बैशाख २० बिहीबार o७:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

हमास–इजरायल युद्ध : इजरायलमा मुठभेड साम्य, गाजापट्टीमा चर्कियो बमबारी

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:४o:oo

 इजरायली सेना ‘इजरायल डिफेन्स फोर्स(आइडिएफ)’ले मंगलबार बिहान गाजापट्टीसँगको सिमाना पूर्ण रूपमा आफूहरूको नियन्त्रण आएको बताएको छ । हमासले इजरायलभित्र घुसपैठ सुरु गरेको करिब ७२ घन्टापछि सिमानामा इजरायली सेनाले नियन्त्रण पाएको हो । हमास लडाकुले गाजा–इजरायल सीमाका विभिन्न स्थानका तारबार भत्काएर करिब एक हजार इजरायलीलाई मार्दै, सयौँलाई अपहरण गरेर गाजापट्टीतर्फ लगेका छन् । ‘सीमा हाम्रो नियन्त्रणमा आएपछि एकजना पनि आतंककारी इजरायल प्रवेश गर्न सकेका छैनन्,’ इजरायली सेनाका वरिष्ठ प्रवक्ता रियर एड्मिरल ड्यानियल हगारीले भने । 

त्यस्तै इजरायली सेनाले हमासबाट अपहरित मानिसको परिवारलाई औपचारिक रूपमा उनीहरूका प्रियजन गाजामा बन्दी बनाइएकोबारे सूचित गरेको छ । अघिल्लो रात बन्धक बनाइएका सबैको बारेमा जानकारी संकलन गरिएपछि मंगलबार बिहानसम्म ५० परिवारलाई तिनको अपहरित परिवाजनबारे जानकारी गराइसकेको हगारीले बताए । इजरायलमा हमासले गरेको आकस्मिक आक्रमण र त्यसपछिको झडपमा मर्ने इजरायलीको संख्या ९०० नाघेको सेनाले मिडियालाई बताएको छ । २७ सय घाइते भएको र तीमध्ये ५०० लाई गम्भीर चोट लागेर उपचार गरिरहेको सूचना दिइएको छ । 

इजरायलले गाजामा गर्ने सम्भावित स्थल आक्रमणका लागि झन्डै तीन लाख रिजर्भ फौज सैन्य सेवामा फर्किएका छन् । सो फौजलाई इजरायलभित्र अझै लुकेको हुन सक्ने हमास लडाकु खोज्न र उत्तरी सिमाना (लेबनान)तर्फबाट हेजबुल्लाले गर्न सक्ने आक्रमण रोक्न पनि प्रयाग गरिनेछ । आइडिएफले अझै पनि सानो संख्यामा हमास लडाकु इजरायली बस्तीमा लुकेको हुन सक्ने अनुमान गरेको छ ।

आइडिएफका लेफ्टिनेन्ट कर्नल रिचर्ड हेच्टले दक्षिणी इजरायलभित्र घुसपेठ गरेका अधिकांश हमास लडाकु मारिएको बताए । झन्डै एक हजार ५०० हमास लडाकुका शव फेला परेको हेच्टले जानकारी गराएका छन् । मर्ने इजरायलीमा कम्तीमा १२३ सैनिक भएको सेनाले जानकारी गराएको छ । त्यस्तै करिब १३० जनालाई इजरायलबाट अपहरण गरी गाजामा लगिएको र शनिबार घुसपैठ गर्ने आतंककारीले लगेको अनुमान गरिएको छ ।

आइडिएफले मंगलबार गाजापट्टीमा २०० भन्दा बढी स्थानमा बमबारी गरेको बताएको छ । तिनमा मस्जिदमा अवस्थित हतियार भण्डारण स्थल र एक अपार्टमेन्ट पनि रहेको उसले बताएको छ । गाजामा हुने इजरायली हमला नरोके बन्धकहरूलाई मार्न सुरु गर्ने हमासको धम्कीका बाबजुद बमबारी रोकेको छैन । गाजामा अहिले जताततै भग्नावशेष देखिने त्यहाँका मिडियाले बताएका छन् । हमास नेतृत्वको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबारदेखि सुरु भएको इजरायली बमबारीमा गाजापट्टीमा ६८७ प्यालेस्टाइनी मारिएको र अन्य तीन हजार ८०० घाइते भएको बताएको छ ।

द्वन्द्व सुरु भएदेखि गाजामा एक लाख ८७ हजार ५०० भन्दा बढी मानिस देशका विभिन्न स्थानमा विस्थापित भएको संयुक्त राष्ट्रसंघले बताएको छ । प्यालेस्टिनी शरणार्थी हेर्न गठित संयुक्त राष्ट्रसंघीय एजेन्सी(युएनआरडब्लुए) ले गाजाका विभिन्न स्थानका विद्यालयमा एक लाख ३७ हजारभन्दा बढी मानिसलाई आश्रय दिएर आवश्यक सेवा दिइरहेको छ । 

उता इजरायलले युद्ध घोषणा गरेसँगै अमेरिकाले इजरायललाई अत्यावश्यक हतियार र सैन्य उपकरण निकासा गरेको छ । अमेरिकी मिडिया अक्सिओसको एक समाचारका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बाइडेनसँग फोन गरेर इजरायलसँग गाजामा स्थल आक्रमणको आदेश दिनेबाहेक अरू विकल्प नभएको बताएका छन् । नेतान्याहुको सरकारले गाजा क्षेत्रमा इजरायलबाट जाने खाना, पानी र बिजुली आपूर्ति रोकिसकेको छ । 

– टाइम्स अफ इजरायलबाट

ad
ad