१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका लमही (दाङ)
२o८१ बैशाख २३ आइतबार २१:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरकारलाई नेपालको आग्रह : अलपत्र नेपालीलाई तत्काल सुरक्षित स्थानमा सारियोस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, लमही (दाङ)
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २१:१७:oo

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन्। 

दाङको लमहीमा समाजवादी जागरण यात्रालाई सम्बोधन गर्ने क्रममा उनले घाइते तथा अलपत्र नेपालीलाई सरकारले नेपाली जहाज पठाएर ल्याउन पहल थाल्न आग्रह गरे। 

‘इजरायलको घटनाले दुःखी बनाएको छ, हामी दुःखी छौँ, सरकारले छिटो त्यहाँ रहेका नेपालीलाई सुरक्षित स्थानमा सार्न पहल गरोस्,’ नेपालले भने, ‘नेपाली जहाज पठाएर भए पनि आफ्नो देशका नागरिक ल्याउने भूमिकामा सरकार नचुकोस्।’ उनले इजरायलमा घाइतेको उपचारसँगै मृतकको शवलाई चाँडै नेपाल भूमिमा ल्याउन सरकार लाग्नुपर्ने बताए। 

पूर्वप्रधानमन्त्री नेपालले समाजवादी जागरण यात्राले समाजवादको बलियो जग निर्माण गर्ने दाबी गरे। कृषि क्षेत्रबाटै मुलुकको समृद्धि हुने जिकिर गर्दै नेपालले देशमै रोजगारीको अवसर सिर्जना गर्न सरकारले ध्यान दिनुपर्ने बताए। ‘कुशासन हट्नुपर्छ अनि देशअघि बढ्छ,’ उनले भने, ‘यसका लागि समाजवादको बलियो आधार चाहिन्छ। त्यही आधार बनाउन हामी हिँडेका छौँ।’ 

नेपालले समाजवादी जागरण यात्रा एक हजार दुई सय किलोमिटर पार गरेर टुंगिने बताए। १४ असोजमा पूर्वी झापाबाट सुरु भएको यात्रा २९ असोजमा सुर्खेत पुगेर टुंगिनेछ। कार्यक्रममा पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेले सम्बोधन गर्दै समाजवादी जागरण यात्राले नयाँ ऊर्जा थपेको दाबी गरे। 

ad
ad