१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हरेक स्थानीय तहमा सुपथ पसल तथा ५० र ४५० केजीका ग्यास सिलिन्डरकाे बिक्री रोक्न समितिकाे निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२७:oo

प्रतिनिधिसभाकाे सार्वजनिक लेखा समितिले चाडपर्वका वेला हुने कालोबजारी, सिन्डिकेट नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ। 

सोमबार बसेको लेखा समितिको बैठकले कालोबजारी नियन्त्रणका लागि कम्तीमा हरेक स्थानीय तहमा एउटा सुपथ पसल सञ्चालन, हरेक पसलमा मूल्यसूची टाँस तथा प्रभावकारी बजार अनुगमन गर्न सरकारलाई निर्देशन दिएको हो। 

यस्तै, समितिले ५० र ४५० केजीका ग्यास सिलिन्डर बिक्री–वितरणमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ।

ग्यास उद्योगहरूले गैरकानुनी रूपमा होटेललगायत औद्योगिक प्रयोजनका लागि ५० केजी र ४५० केजीका सिलिन्डरहरू बिक्री–वितरण गरेको भन्दै समितिले त्यसलाई रोक्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो। 

यसअघि लेखा समितिले ५० र ४५० केजीका ग्यास सिलिन्डरहरूको बिक्री–वितरणबारे चासो राख्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर तीन दिनभित्र जानकारी दिन भनेको थियो। तर, हालसम्म पनि मन्त्रालयले जानकारी नगराएकाले सो सम्बन्धमा भए–गरेका कामकारबाहीका कागजातसहित विवरण उपलब्ध गराउन समितिले निर्देशनसमेत दिएको छ।

समितिले अत्यावश्यक खाद्यान्न सामग्रीको भण्डारणका सम्बन्ध हालसम्म भएका कार्य तथा भावी योजना सात दिनभित्र पेस गर्न निर्देशन दिएको छ।