१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
समाचार डिजिटल संस्करण

इजरायलमा युद्धको चपेटामा परेका विद्यार्थीको उद्धारमा पहल गर्न सुदूरपश्चिम विश्वविद्यालयको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:१२:oo

सुदूरपश्चिम विश्वविद्यालयले इजरायलमा युद्धको चपेटमा परी बेपत्ता र अलपत्र परेका आफ्ना विद्यार्थीको खोजी तथा उद्धारको लागि अपिल गरेको छ। 

सुदूरपश्चिम विश्वविद्यालयको तर्फबाट रजिस्ट्रार प्राध्यापक यज्ञराज पाठकले विज्ञप्ति जारी गर्दै उद्धार कार्यमा सहयोगका लागि नेपाल सरकार, कूटनीतिक नियोगहरू, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूलगायत अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका हुन्। 

विज्ञप्तिमा विश्वविद्यालयले विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राखी अन्तर्राष्ट्रियस्तरमा सिकाइ अनुभव बटुल्ने अभिप्रायले इजरायल सरकारको सिकाइसँगै आर्जन (लर्न एन्ड अर्न) कार्यक्रमअन्तर्गत ४९ विद्यार्थी गत भदौमा इजरायल गएको जनाइएको छ। 

इजरायलको विकासमा कृषि एवं पशुपालन क्षेत्रले गरेको योगदानलाई नजिकबाट अध्ययन गर्नका लागि विभिन्न ७ वटा समूहमा विभाजन गरी ती विद्यार्थी स्थलगत कार्यमा लागिरहँदा दुःखद घटना भएको उनले उल्लेख गरेका छन्। 

लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ विद्यार्थी गत भदौमा इजरायल गएका हुन्। 

नेपाली समयअनुसार शनिबार बिहान हमासले किंबुज अलुमिमलगायतका विभिन्न स्थानमा गरेको आक्रमणबाट सुदूरपश्चिम विश्वविद्यालयका उक्त समूहमा अध्ययनरत रहेका १७ जना विद्यार्थीहरू सबैभन्दा बढी प्रभावित भएकोमा विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

आक्रमणमा परेर ती १७ मध्ये १० विद्यार्थीको मृत्यु भएको इजरायलस्थित नेपाली दूतावासले आज जनाएको छ।