१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार ११:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

रोमानियासँग श्रम सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार ११:१५:oo

नेपाल र रोमानियाबीच श्रम सम्झौता भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र रोमानियाको श्रम तथा सामाजिक सुरक्षामन्त्री सिमोना बुकुरा ओप्रेस्कुले शुक्रबार द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । 

युरोपेली मुलुक रोमानिया नेपाली श्रमिकका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्य बन्न थालेको छ । श्रम बजारको फराकिलो सम्भावना रहेकाले नेपाल र रोमानियाबीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि दुई देशबीच श्रम क्षेत्रमा समेत थप समझदारी कायम भएको हो । त्यहाँ जाने नेपाली कामदारले रोमानियाका नागरिकसरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने व्यवस्था रहेको छ ।

प्रतिनिधि मण्डलबीचको द्विपक्षीय वार्ताका क्रममा नेपालमा छिट्टै रोमानियाका लागि दूतावास स्थापना गरी आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधि तथा श्रम स्वीकृति कार्यलाई थप सरलीकरण गर्ने, रोमानियामा नेपाली श्रमिकका लागि सम्भावित सीपयुक्त श्रम बजारको पहिचान गर्नुका साथै महिला श्रमिकलाई समेत लक्षित गरी सुरक्षित वैदेशिक रोजगारलाई संयोजन गर्नेलगायतका पक्षमा सहमति भएको छ ।

ad
ad