Skip This
नबिल र बिनबीच सम्झौता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १९ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १९ शुक्रबार ११:११:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल र बिनबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १९ शुक्रबार ११:११:oo

 नबिल बैँक र बिल्डिङ इनर्जी इफिसियन्सी (बिन)बीच ऊर्जा दक्षता र दिगो हाउजिङ प्रवद्र्धनका लागि सम्झौता भएको छ । बैँक र बिनले नेपालमा दिगो र जलवायु अनुकूल डिजाइनका लागि काम गर्ने सम्झौता गरेका हुन् ।  सम्झौतामा बैँकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र बिनका तर्फबाट डेनियल नेयरले हस्ताक्षर गरेको जनाइएको छ । 

यो साझेदारीले विशेषगरी परिवर्तित वित्तिय प्याकेजमा विकास, वित्तिय प्याकेजको मूल्यांकन गर्न प्रविधि क्षमता निर्माण गर्ने र दिगो ऊर्जा हाउजिङको प्रवद्र्धन गर्न प्राथमिकताका वित्तिय योजनामा पहुँच पुर्याउन सहजीकरण गर्नेलगायत गतिविधि सञ्चालन हुने बैँकले जनाएको छ । 

नबिल बैँकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले बैंक जलवायु परिवर्तनप्रति संवेदनशील रहेको र जलवायु परिवर्तन न्युनीकरणमा नबील बैँकले योगदान पुर्याउँदै आएको बताए । ऊर्जा दक्षता र दिगो हाउजिङले वातावरणलाई फाइदा पुर्याउनुका साथै समुदाय र आर्थिक चक्रमा पनि सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो । पौड्यालले २०४५ सम्म शुन्य कार्बजन उत्सर्जनमा पुग्न ठूलो लगानी आवश्यक पर्ने बताए ।