१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आइएसएमटीको साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक्स कार्यक्रम सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५६:oo

बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डबाट सम्बन्धनप्राप्त आइएसएमटी कलेजले साइबर सेक्युरिटी एन्ड फरेन्सिक्समा बिएससी (अनर्स) कार्यक्रम सुरु गरेको छ । सन् २०११ देखि बेलायतको शिक्षा पढाउँदै आएको कलेजले यो वर्षदेखि उक्त कार्यक्रम सुरु गरेको हो । 

विश्व नै प्रविधिमैत्री भइरहेको र नेपालमा पनि सूचना प्रविधिका सम्भावना बढ्दै गइरहेको सन्दर्भमा यो कार्यक्रम सुरु गरेको कलेजले जनाएको छ । विश्वभर प्रयोगमा आउने तथा नेपालको सरकारी, गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, प्राइभेट, बैंक तथा वित्तीय संस्थालगायत विभिन्न सेक्टरमा यो कार्यक्रमका विद्यार्थीको सम्भावना बढी रहेको कलेजको भनाइ छ । 

यस किसिमको विषय अध्ययन गर्दा विद्यार्थीले इथिकल ह्याकिङ, साइबर हमला हुँदा गर्नुपर्ने काम, डिजिटल फरेन्सिक्स अनुसन्धान, कुनै पनि व्यक्तिगत तथा सांगठनिक डेटा सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स, ब्लक चेन तथा साइबर सेक्युरिटी विशेषज्ञका रूपमा सक्षम भएर निस्कने कलेजको दाबी छ । यसैकारण छिटो तथा सजिलै रोजगारी पाउने कलेजको दाबी छ। 

यसका साथै कलेजले बिबिए, बिएचएम, बिएससी आइटी (कम्प्युटर सिस्टम्स इन्जिनियरिङ) कार्यक्रम पनि सञ्चालन गरिरहेको जनाएको छ । आइएसएमटी ग्रुपअन्तर्गत नेपालका प्रमुख सहरहरू चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि शिक्षा मन्त्रालयको अनुमतिमा युनिभर्सिटी अफ सन्डरल्यान्डको सम्बन्धनमा कलेजहरू सञ्चालनमा रहेको जनाइएको छ । 

ad
ad