१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार ११:३३:oo
Read Time : > 2 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

वातावरणमैत्री पर्यटन : के गर्ने, के नगर्ने ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:३३:oo

वातावरणमैत्री पर्यटक बन्न चुनौतीपूर्ण छ । पर्यटन एउटा त्यस्तो उद्योग हो, जसले धेरै खराब वातावरणीय प्रभाव पार्छ । थाइल्यान्डस्थित कोफी फि ली (माया बे) सन् २००० मा हलिउड फिल्म ‘द बिच’ प्रदर्शनमा आएपछि एकाएक चर्चित बन्यो । यस टापुमा कुनै समय दैनिक आठ हजार पर्यटकसमेत आउन थाले ।

पर्यटकको संख्या बढेसँगै यहाँको वातावरण बिग्रियो, समुद्री किनारका जीवहरूमा त्यसको असर देखियो । जसकारण सन् २०१८ मा जीवजन्तु तथा वातावरण संरक्षणका लागि समुद्री किनार चार वर्षका लागि पर्यटकका लागि बन्द गरियो ।

तर, पर्यटन क्षेत्रका खराब पक्ष मात्रै छन् भन्ने होइन । आफूसँग आफैँ, अन्य मानिस तथा नयाँ ठाउँहरू जोड्नका लागि यो प्रेरणादायी हुन सक्छ । एउटा पर्यटकका रूपमा हामीले धेरै कुरा सिक्न र वातावरणीय अभ्यासका लागि सकारात्मक कुराहरू योगदान गर्न सक्छौँ । 

स्थानीय सामग्री प्रवर्द्धन
कुनै क्षेत्रमा घुम्न जाँदा त्यहाँ सकारात्मक छाप छाडेर फर्कने प्रयत्न गर्नुपर्छ । यसका लागि आर्थिक पक्ष सबैभन्दा ठूलो हो । साना होटेलमा बस्ने, स्थानीयस्तरमा सपिङ गर्ने बानीले त्यहाँका स्थानीयलाई हौसला मिल्छ । स्थानीय सामग्री तथा संस्कृतिको प्रवर्द्धन हुन्छ । स्थानीय उद्योग तथा मानिसहरूलाई पर्यटकको पैसा प्रत्यक्ष मिल्छ । जसकारण, उनीहरू आफैँ पनि प्रकृति तथा वातावरण संरक्षणका लागि उत्साहित हुन्छन् । उनीहरू त्यहाँका जीवजन्तु संरक्षणमा लाग्न पाउँछन् । 

कम खपत 
हामीले कमभन्दा कम स्रोत खपत गर्ने प्रयत्न गर्नुपर्छ । टावेल पुनः प्रयोग गर्ने, नुहाउँदा वा आवश्यकता पर्दा मात्रै धारा खुला राख्नेलगायत कार्यले पानीको खपत कम गर्छ । स्थानीयस्तरका मुद्दाहरू के–के छन् भनेर बुझ्ने कोसिस गर्नुस् । त्यसमा आफ्नो तर्फबाट पनि योगदान गर्न सकिन्छ । स्थानीयस्तरमा पशुपन्छीका पक्षमा काम गर्ने संस्थाहरू छन् भने त्यस्ता स्थानीय संघ–संस्थालाई सहयोग गरेर पनि आफ्नो छाप छाड्न सकिन्छ । 

आत्मीयता 
पर्यटनले मानिसलाई गतिशील बनाउन सहयोग गर्छ । घुमेर फर्केपछि धेरै मानिसको जीवनमा परिवर्तन आएको छ । किनकि, भ्रमणका दौरान मानिसले ‘आफूलाई चिन्ने’ मौका पाउँछन् । कतिपयले करिअर नै बदल्ने गर्छन् । कतिपयको सामाजिक सम्बन्धमा परिवर्तन आउँछ । उनीहरू समाजप्रति जिम्मेवार बन्न थाल्छन् । त्यस्ता धेरै मानिस छन्, जसले यात्रामा घुमेर फर्किएपछि सामाजिक कार्यमा आफ्नो संलग्नता बढाएका छन् । त्यस्ता धेरै पर्यटक आफूलाई मन पर्ने ठाउँको संरक्षणका लागि पैरवी गरिरहेका हुन्छन् । तपाईंले पनि आफ्नो मन पर्ने ठाउँको संरक्षणमा सक्रिय संस्थामा आबद्ध भएर त्यस ठाउँको दीर्घकालीन विकासमा सहयोग गर्न सक्नुहुन्छ । 

उत्सुक रहनुस् 
पर्यटकको रूपमा तपाईंले गर्ने महत्वपूर्ण कुरा खोजी गरिरहने हो । तपाईं घुमिरहन सक्नुहुन्छ । क्रुज पर्यटन ‘बबल टुरिजम’को पुरानो उदाहरण हो । यसमा कुन ठाउँ घुम्ने भन्नेले खासै अर्थ राख्दैन, पानीमा तैरिरहेको होटेल नै मुख्य आकर्षण हुन्छ । तर, क्रुज पर्यटनले स्थानीय जनसंख्यालाई खासै फाइदा गर्दैन । र, खराब वातावरणीय प्रभावहरू पार्छ । यसको साटो सहरबाट छोटो ब्रेक लिएर स्थानीय गाउँहरू घुम्न सकिन्छ ।

यस्तो पूर्वतयारी

भौगोलिक अवस्था : ट्रेकिङ जाँदा वनजंगल र भिरपाखा, भौगोलिक बनावटका विषयमा ध्यान दिनुपर्छ । ती स्थानमा जाँदा आउन सक्ने कठिनाइबारे सजग हुनु आवश्यक छ । तपाईंले घुम्न लागेका ठाउँ कस्ता छन् र त्यहाँ के–कस्ता चुनौती आउँछन् भनेर जानकारी लिनुपर्छ । ती स्थानमा ट्रेकिङ गएका मान्छेसँग सल्लाह लिँदा पनि राम्रो हुन्छ । 

मौसमबारे पूर्वजानकारी : मौसमसम्बन्धी पूर्वजानकारी लिएर मात्र यात्रामा जानुपर्छ । नत्र, बाढी–पहिरो, सडक अवरुद्ध हुनेलगायत समस्या सामना गर्नुपर्ने हुन सक्छ । 

स्वास्थ्यमा ध्यान दिने : शारीरिक रूपमा पूर्ण स्वस्थ हुँदा मात्रै घुम्न निस्कने हो । चार हजार मिटरभन्दा माथि ट्रेकिङ गर्दै हुनुहुन्छ भने लेक लाग्न सक्छ । तसर्थ, सिटामोललगायतका औषधि तथा प्राथमिक उपचारको बक्स बोक्नुपर्छ । 

आवश्यक सामान : तपाईं कति लामो ट्रेकिङ गर्दै हुनुहुन्छ ? त्यसका लागि आवश्यक सामान बोक्नुपर्छ । मौसमअनुसार आफूलाई चाहिन सक्ने सामान लान जरुरी हुन्छ । तर, अनावश्यक सामान राखेर झोला भारी पनि बनाउनुहुँदैन । तौल धेरै भएको झोला पनि बोक्नुहुँदैन । ट्रेकिङ गरेको एक–दुई दिनमै ज्यान भारी हुने भएकाले कम तौल भएको भारी बनाउनुपर्छ । ट्रेकिङ सुज, क्याप, चस्मा, लठ्ठी, पानीको बोतल, सनब्लक क्रिम, बडीलोसनलगायतका सामान अनिवार्य लानुपर्छ । हलुका लुगा, ज्याकेट पनि लैजान आवश्यक छ । अग्लो तथा चिसो स्थानमा ट्रेकिङ जाँदै हुनुहुन्छ भने ‘डाउन ज्याकेट’ बोक्नुपर्छ । 

ad
ad