१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o७:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले गण्डकीमा दुई पक्षबीच भिडन्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:५१:oo

एमाले गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन निर्वाचनउन्मुख भएको छ । सोमबारदेखि सुरु अधिवेशनको बन्द सत्र मंगलबार सकिएपछि अभिवेशन नयाँ नेतृत्व चयन गर्न निर्वाचनतर्फ उन्मुख भएको हो । 

प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरका अनुसार क्लस्टर नमिलेकाले केही ढिलाइ हुँदा मंगलबार उम्मेदवारको दरखास्त फाराम वितरण मात्र भएको छ । बुधबार उम्मेदवारी दर्ता र निर्वाचनका बाँकी प्रक्रिया अघि बढ्ने उनले बताए । प्रदेश कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव र उपसचिव महिला गरी पाँच पदाधिकारीसहित १६२ सदस्यीय कार्यसमिति रहने प्रावधान छ । 

नयाँ नेतृत्वका लागि पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीपक्षबीच भिडन्त हुने देखिएको छ । गुरुङ र अधिकारी पार्टी अध्यक्ष केपी ओलीनिकट भए पनि प्रदेशमा यी दुईबीच गुटको संघर्ष चल्दै आएको छ । जिल्ला पार्टी अधिवेशनका निर्वाचनदेखि स्थानीय, प्रदेश र संघका निर्वाचनमा टिकट वितरणदेखि चुनावी अभियानमा पनि यी दुई नेताबीच संघर्ष देखिँदै आएको छ । यद्यपि, गण्डकीको निर्वाचनमा पार्टी सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण विष्ट, सचिव पद्मा अर्याल र किरण गुरुङको भूमिका पनि महत्वपूर्ण रहेको नेताहरूले बताएका छन् । 

भावी अध्यक्षका लागि हालका अध्यक्ष नवराज शर्मा, उपाध्यक्ष मोहन रेग्मी, सचिव धनञ्जय दवाडी र उपसचिव रश्मि आर्चायसँगै केन्द्रीय सदस्य मायानाथ अधिकारी, राजीव पहारी, रामशरण बस्नेत, कृष्ण थापा, सोभियत ढकाल पनि अध्यक्षको दौडमा छन् । यीमध्ये दवाडी र आचार्यबीच नै मुख्य भिडन्त हुने अनुमान गरिएको छ ।