१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एसिड आक्रमणकारीलाई आममाफी  दिएकोप्रति ओलीले गरे सरकारकाे आलोचना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:o८:oo

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार चरम अनुत्तरदायी, गैरजिम्मेवार र स्वेच्छाचारी भएको आरोप लगाएका छन्।

मुस्कान खातुनमाथि एसिड आक्रमण गर्ने अपराधीलाई सरकारले आममाफी दिएको विषयमा असन्तुष्टि जनाउँदै मंगलबारको प्रतिनिधिसभा बैठकमा ओलीले सरकारको आलोचना गरेका हुन्। अदालतले १० वर्ष सजाय सुनाएको अपराधीलाई सरकारले चार वर्ष पनि पूरा नभई सजाय माफी दिएको भन्दै उनले असन्तुष्टि जनाए।

‘उनको (मुस्कान खातुनको) घाउ निको भएको छैन, उनको उपचार चलिरहेको छ। सरकारले एसिड आक्रमणकर्तालाई छोडिसक्यो । अहिले उनी रोएर हिँडेकी छिन्। सरकारले उनको उपचार गराइरहेको छैन। एसिड आक्रमणको पीडितलाई उपचार दिन नसक्ने, उनको अरू प्रबन्ध गरिदिन नसक्ने अनि हिंसा र त्यस्ता घटनालाई प्रोत्साहित गर्ने गरी अपराधीलाई छाडिसक्यो,’ ओलीले भने।

ad
ad