Skip This
बच्चालाई जंकफुडबाट टाढा राख्न...
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १६ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज १६ मंगलबार १o:५९:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बच्चालाई जंकफुडबाट टाढा राख्न...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज १६ मंगलबार १o:५९:oo

जंकफुडले बालबालिकामा विभिन्न स्वास्थ्य समस्या निम्त्याउँछ । त्यसैले उनीहरूलाई घरमै पकाइएको खानेकुरा खुवाउनुपर्छ । आफ्ना बच्चालाई जंकफुडबाट टाढा राख्नका लागि अभिभावकले केही कुरा ख्याल गर्नुपर्छ । 

रोलमोडल 

बन्नुस् : बच्चाहरू प्रायः अभिभावककै व्यवहारको सिको गर्छन् । यदि तपाईंले घरमै पकाएको खानेकुरा खाने बानी विकास गर्नुभयो भने बच्चाले पनि यस्तै सिक्छ । 

बुझाउनुस् : जंकफुड स्वास्थ्यका लागि फाइदाजनक छैन भनेर बच्चालाई बुझाउनुस् । उनीहरूलाई सन्तुलित भोजन र पोषणका विषयमा सानैदेखि जानकारी दिनुस् । यस्तो हुँदा ठूलो भएपछि पनि उनीहरूले स्वादिष्ट नभएर स्वस्थकर खानेकुरा रोज्छन् । 

कुकिङ सिकाउनुस् : तपाईंले खाना बनाउँदा बच्चालाई पनि यसमा सरिक गराउनुस् । जब उनीहरूलाई तपाईंलाई खाना पकाउन सघाउँछन् । तब, यसमा प्रयोग हुने स्वस्थकर सामग्रीबारे पनि उनीहरूलाई चासो हुन्छ र यसबारे बुझ्न थाल्छन् । त्यस्तै, आफैँ पकाएर खानुपर्छ भन्ने बानी पनि विकास हुन्छ । 

पोषणयुक्त आहार : घरमा केही पोषणयुक्त आहार तयारी अवस्थामा राख्नुस् । फलफूल, तरकारी, दही, नट्स आदि खानेकुरा चिप्स र क्यान्डीको राम्रो विकल्प हुन सक्छ ।  

समय : समयमै खाना र खाजा बनाउनुस् । जसकारण बच्चा धेरै भोको हुन पाउँदैन र हतारोमा जंकफुड वा अस्वस्थ खानेकुरा बाहिरबाट अर्डर गर्नुपर्ने अवस्था सिर्जना हुँदैन ।